• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

अधुरो रेडक्रस, उल्टाखाम, बागफाँडा सडक निर्माणका प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीलाई ज्ञापन

Byभीमदत्त अनलाइन

२३ मंसिर २०७६, सोमबार १९:४५ २३ मंसिर २०७६, सोमबार १९:४५ २३ मंसिर २०७६, सोमबार १९:४५

महेन्द्रनगर, २३ मंसिर
भीमदत्त नगरपालिका २ नं. वडा कार्यालयले रेडक्रस उल्टाखाम बागफाँटा सडक निर्माण कार्यलाई सम्पन्न गर्न माग राख्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहरालाई ज्ञापन पत्र बुझाएको छ ।

वडा अध्यक्ष डम्बर सिह कार्कीको नेतृत्वमा जनप्रतिनिधि सहित नेता, समाजसेवीले सोमबार मन्त्रालयमा मन्त्री बोहरालाई ज्ञापन बुझाएका छन् । वडा अध्यक्ष कार्कीले रेडक्रस, उल्टाखाम बागफाँटा सडकको अधुरो निर्माण कार्य सुरु गरी छिटो सडक निर्माण सम्पन्न गर्न मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाएको बताउनु भयो ।

‘यो सडक महत्वपूर्ण सडक हो, यसको निर्माण कार्य बिचमै रोकिएर अधुरो छ, यो अधुरो सडक निर्माण पूरा गर्न माननीय मन्त्रीज्यूलाई ज्ञापन बुझाएका छौ’ अधयक्ष कार्कीले भन्नु भयो,‘छिटो भन्दा छिटो निर्माण पूरा हुने विश्वास छ ।’
यस जिल्ला प्राविधिक कार्यालयले निर्माण सुरु गरेको सडकको तीन किलोमिटर कालोपत्रे गर्न बाँकी छ । हालसम्म चार किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री बोहराले अधुरो सडक निर्माण कार्यलाई प्राथमिकता दिएर पूरा गर्ने आश्वासन दिनु भएको छ । मन्त्री बोहराले सडकको प्राविधिक अध्ययनका लागि टोली पठाउने प्रतिवद्धता जनाएको अध्यक्ष कार्कीले
बताउनु भयो ।

वडा अध्यक्ष कार्कीले भन्नु भयो,‘वडा कार्यालयको डेलिगेसन टीमले ज्ञापन पत्र बुझाएपछि मन्त्रीज्यू एकदमै सकारात्मक हुनु भयो, वहाँले छिटो भन्दा छिटो प्राविधिक टोली पठाएर माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।’
वडा कार्यालयको डेलिगेसनमा अध्यक्ष कार्की सहित नेकपा नेता कर्ण बहादुर चन्द, इन्दं ठगुन्ना लगायतका सहभागी हुन भएको छ ।

नेकपा नेता चन्दले भीमदत्त नगरपालिका वडा नं. २ को डेलिगेसन टीम समक्ष मन्त्री बोहराले भीमदत्त नगरपालिकाको पूर्वाधार विकासलाई सधै प्राथमिकता दिने प्रतिवद्धता जनाएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *