• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

Byभीमदत्त अनलाइन

२७ श्रावण २०७६, सोमबार १७:३२ २७ श्रावण २०७६, सोमबार १७:३२ २७ श्रावण २०७६, सोमबार १७:३२

महेन्द्रनगर, २७ साउन
नमूना युवा संसद नेपाल भीमदत्त नगरपालिकाले विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको
छ । युवा दिवसको अवसर पारी वृक्षारोपण, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गरिएका छन् ।
विहान महेन्द्रनगर बजारमा प्रभातफेरि समेत गरिएको छ । खुला मञ्चबाट सुरु प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरेपछि औपचारिक कार्यक्रम गरिएका छन् ।

नेपाली सेनाको भगतपरस्थित नं. २५ बाहिनीसित समन्वयमा कबर्ड हलमा वृक्षारोपण गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जाशी, नगर प्रवक्ता राजेन्द्र पाण्डेय सहित नं. २५ बाहिनीका बाहिनीपति, जनप्रतिनिधिहरु सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाको नर्सरीमा उत्पादन गरिएका विरुवा कबर्ड हलमा वृक्षारोपण गरिएको नगरपालिकाका वातावरण विकास अधिकृत पदमराज जाशीले बताउनु भयो ।

भीमदत्त नगरपालिका–१५ गोबरैयास्थित निङ्गलाशैनी भगवती मन्दिरमा पनि वृक्षारोपण गरिएको छ । कार्यक्रममा कार्य वाहक नगर प्रमुख जोशी सहित नगर प्रवक्ता पाण्डेय, वडा नं. ७ का अध्यक्ष शंकर बहादुर कुँबर, नमूना संसदका राष्ट्रपति महेन्द्रा भट्ट, प्रधानमन्त्री नितिश कुमार रावल, युवा तथा खेलकूद मन्त्री महेश प्रसाद भट्ट लगायतका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् ।

गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालय, लिटिल बुद्ध एकेडेमी, सान इन्टरनेशनल स्कुलका विद्यार्थी वृक्षारोपण कार्यक्रममा सहभागी भए । वृक्षारोपण गरिएका क्षेत्रमा सरसफाई समेत गरिएको छ । भीमदत्त नगरपालिकाको सभा कक्षमा रक्तदान कार्यक्रम गरिएको छ । नमूना युवा संसदले साँझ मदनचोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *