महेन्द्रनगर, २० साउन
भीमदत्त नगरपालिका ३ नम्बर वडा कार्यालयले अपाङ्गता भएका दुई महिलालाई ह्विलचियर वितरण गरेको छ ।
भीनपा–३ खैरेनीकी शोभा केसी र भाँसीकी कर्ण कुमारी कुँवरलाई ह्विलचियर वितरण गरिएको छ । वडा अध्यक्ष राम बहादुर जप्रेलले अपाङ्गताको साहराका लागि एक एक थान ह्विलचियर वितरण गरेको बताउनु भयो ।
वहाँका अनुसार उनीहरुलाई निःशुल्क वडाबाट वितरण गरिएको छ । ह्विलचियर पाउपछि दुबै जनालाई हिँडडुल गर्न सहज हुने वडा अध्यक्ष जप्रेलले बताउनु भयो ।