• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

उद्घोषण तालिम समापन

Byभीमदत्त अनलाइन

२८ पुष २०७६, सोमबार १८:४८ २८ पुष २०७६, सोमबार १८:४८ २८ पुष २०७६, सोमबार १८:४८

महेन्द्रनगर, २८ पुुस
भीमदत्त नगरपालिका वडा नं. १३ ले किशोर किशोरीहरुका लागि सञ्चालन गरेको पत्रकारिता तथा उद्घोषण सम्बन्धि निःशुल्क तालिम समापन गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी तालिम समापन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्टले बिष्टले अहिलेको सञ्चारको युगमा सबै वर्ग, क्षेत्र, समुदायको सञ्चारमा पहुँच हुनु आवश्यक भएको बताउनु भयो ।

नगरको विकास सबैको हातेमालोबाट सम्भव हुने भएको उल्लेख गर्दै समाज रुपान्तरणका लागि सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा नगर प्रमुख विष्टले जोड दिनु भयो । ‘पत्रकार समाजको ऐना भएकाले निष्पक्ष र स्वतन्त्र रुपमा सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु पर्ने भन्दै पत्रकारले समाजको परिवर्तमा भूमिका खेल्ने भएकाले आफुबाटै परिवर्तन गर्नु पर्ने आवश्यकता छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीले युवाहरुलाई पत्रकारितातर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने बताउनु भयो ।

तालिममा सहभाग वडा नं. १३ का १२ जनालाई समापन कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्टले प्रमाण पत्र प्रदान गर्नु भयो । रेडियो राष्ट्रिय एफएमको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *