• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

एसियन युथ ह्याण्डबल प्रतियोगिताका खेलाडीको विदाई

Byभीमदत्त अनलाइन

२ भाद्र २०७६, सोमबार २१:०९ २ भाद्र २०७६, सोमबार २१:०९ २ भाद्र २०७६, सोमबार २१:०९

महेन्द्रनगर, २ भदौ
भारतको जयपुरमा हुने आठौं एसियन युथ ह्याण्डबल प्रतियोगिता २०१९ अण्डर १८ का खेलाडीहरुलाई सोमबार विदाई गरिएको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर वसपार्कमा कार्यक्रम प्रतियोगितामा सहभागी नेपाली महिला टोलीका खेलाडीहरुको विदाई गरिएको छ ।

भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिहले खेलाडीहरुलाई टिका लगाई खादा ओढाउनु भयो । सो अवसर कार्य वाहक नगर प्रमुख चन्दले खेलाडीहरुलाई विजयी हुन अग्रिम शुभ दिनु भयो । ‘यो हामी सबैका लागि खुसीको क्षण हो, तपाई प्रतियोगितामा विजयी हुनु होला, अग्रिम शुभ कामना दिन चाहन्छु’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो, ‘यसबाट अन्तर्राष्ट्रिय स्तरमा देशको मान सम्मान र प्रतिष्ठा बढ्छ ।’

भदौ ४ गतेदेखि जयपुरमा प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताका लागि १६ खेलाडी सहित २० सदस्यीय टोली सोमबार साँझ जयपुर प्रस्थान गरेको छ । मेनिका थापा टीम क्याप्टेन हुनु हुन्छ । टोलीमा प्रमुख प्रशिक्षक हिमालय दाहाल सहित प्रशिक्षक रञ्जना राइ, अफिसियल नरेन्द्रराज जोशी, टीम मेनेजर शान्ति थापा सहभागी भएका छन् ।

विदाई कार्यक्रममा भीमदत्तका कार्य वाहक नगर प्रमुख सहित वडा नं. १५ का वडा अध्यक्ष भीम बहादुर शाहु, कार्यपालिका सदस्य कमला देवकोटा, भीनपा शिक्षा शाखाका हरि जोशी लगायतका सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *