• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

औद्योगिक महोत्सवमा भीमदत्तको कृषि प्रदर्शनी मेला

Byभीमदत्त अनलाइन

१२ फाल्गुन २०७६, सोमबार १८:४६ १२ फाल्गुन २०७६, सोमबार १८:४६ १२ फाल्गुन २०७६, सोमबार १८:४६

महेन्द्रनगर, १२ फागुन
भीमदत्त नगरपालिकाले खुला मञ्चमा कृषि मेला प्रर्दशनी सुरु गरेको छ । कञ्चनपुर उद्योग बाणिज्य संघले भीमदत्त नगरपालिकाको सहकार्यमा सञ्चालन गरेको १३ औँ सुदूरपश्चिमाञ्चल औद्यायोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ को अवसरमा प्रदर्शनी सुरु गरिएको भीमदत्त नगरपालिकाका कृषि विकास अधिकृत कृष्ण दत्त पाण्डेयले बताउनु भयो ।

कृषि विकास अधिकृत पाण्डेयका अनुसार अनुसार फागुन १२ गते देखि १४ गते सम्म मेलाको प्रदर्शनिमा सहभागि हुन चाहने किसानले आफ्नो उत्पादन सहित नाम दर्ता गराउन सक्ने छन् । उक्त उत्पादनलाई १४ गते विभिन्न प्राविधिक विज्ञ टोलीको समिति बनाई उक्त टोलीद्वारा उत्पादनको मुल्यांकन गरिने छ र उक्त टोलीले गरेको मुल्याँकनका आधारमा उत्कृष्ट हुने चार जना किसानलाई पुरस्कृत गरिने छ ।

प्रदर्शनीमा राखिएको उत्पादनको मूल्याङ्कन विभिन्न ९ विधामा गरिने अधिकृत पाण्डेयले बताउनु भयो । ती विधामा बाली एवं पशुपक्षिं सुमह, खाद्यान्न बाली समुह, तरकारी बाली समुह, फलफूल बाली समुह, दाल बाली समुह, तरकार िबाली समुह, नगदेबाली समुह, आलुबाली समुह, स्थानीय पंक्षि पालन समुह, बोका पालन समुह र विविध बाली समुहमाहरु रहेका छन् यी सबै नौ वटा बाली समुहमा छुट्टाछ्ट्टै प्रतिष्प्रर्धा गराई सबै समुहमा उत्कृष्ठ किसानहरु चार जना किसानलाई पुस्कृत गरिने छ ।

मेलामा प्रदर्शनिका लागि ल्याइएको उत्पादन स्थानीय र किसान स्वयंद्धारा उत्पादित हुनु पर्ने प्रावधान राखिएको छ । कम्पोष्ट मलको प्रयोग गरि गरिएको उत्पादन, विभिन्न प्रकारका विउबीजन प्रणाली, तथा उत्पादन गरिएको राम्रो उत्पालनलाई प्रदर्शनिमा ल्याउन सक्ने भीनपा आर्थिक विकास समितिका संयोजक डम्मर सिह कार्कीले बताउनु भयो ।
प्रतियोगिताका समुहमा प्रथमलाई नगर द्ई हजार र प्रमाणपत्र, द्वितीयलाई एक हजार पाँच सय, तृतीयलाई एक हजार र सान्तवनालाई पाँच सय पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका किसान व्यवसायीहरुले मात्रै सहभागी हुन पाउने छन् । किसानहरुलाई कृषि पेशातिर आकर्षित गर्न र उनिहरुलाई पेशा प्रति पुरोत्साहित गराउन र कृषि व्यवसायलाई फस्टाउनमा प्रवद्र्धन गर्ने मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।

नगरपालिकाले उक्त मेलाको कृषि प्रर्दशनी प्रतियागिताका लागि जम्मा एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले नाम दर्ता गराउनका लागि मेला भित्र डेस्कको स्थापना गरि सकेको बताएको छ । मेलामा १२ गते देखि नाम दर्ता गर्न समेत आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *