• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कला संस्कृति लोप हुनबाट जोगाउनु पर्छःनगर प्रमुख

Byभीमदत्त अनलाइन

१ माघ २०७९, आईतवार ०५:०६ १ माघ २०७९, आईतवार ०५:०६ १ माघ २०७९, आईतवार ०५:०६

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले कला संस्कृति लोप हुनबाट जोगाउनु पर्ने बताउनु भएको छ ।

आइतबार माघे संक्रान्तिको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले आयोजना गरेको माघि मिलन कार्यक्रममा नगर प्रमुख बोगटीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्कृति जगेर्ना गर्दै आइरहेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट आफ्ना कला संस्कृति लोप हुनबाट जोगाउनु पर्ने बताउनु भएको हो ।

‘नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेका हुन्छन् । तर अहिले उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका छन् ।’

नगर प्रमुख बोगटीले भन्नुभयो ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निरन्तर संस्कृति जगेर्ना गर्दै आइरहेको छ र सबैले आ–आफ्नो ठाउँबाट आफ्ना कला संस्कृति लोप हुनबाट जगेर्ना गर्नु पर्छ ।’ उहाँले अगाडी भन्नुभयो ‘भीमदत्त नगरपालिका हाम्रा कला संस्कृति जगेर्ना गर्न यहाँहरुसंग सहकार्य,समन्वय र सहयोग गर्न तयार रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *