महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यवाहक नगरप्रमुख तथा अनुगमन समितिका संयोजक निलम लेखक जोशीले विकास निर्माणलाई गुणस्तरीय बनाउन प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ ।
बुधबार भीमदत्त नगरपालिका कार्यालयमा प्राविधिकहरु संग छलफल गर्दै विकास निर्माण कार्यको गुणस्तरलाई लिएर गुनासो आउनु नपर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
‘भीमदत्तबाट सञ्चालन हुने तथा निर्माण हुने सबै खाले योजना क्वालिटी युक्त ,पारदर्शी बनाउन, मापदण्ड अनुरुप कार्य सम्पन्न गराउनु र कुनै गुणस्तरलाई लिएर कुनै पनि योजनामा गुनासो नआओस भन्ने चाहन्छौ’ छलफलमा प्राविधिकहरुलाई उहाँले भन्नुभयो ‘त्यही अनुसार काम गर्नुहोला,त्यसका लागि कार्यपालिकाबाट के कस्तो सहयोग गर्नु पर्ने हो, हामी तयार छौ ।’
छलफलमा भीमदत्त नगरपालिका कार्यालका इन्जिनियर, सव इन्जिनियर, अमिन लगायतका प्राविधिक सहभागी भएका छन् ।