महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा अनुगमन समितिका संयोजक नीलम लेखक जोशीले रोयल्टी संकलन स्थलको स्थलगत अनुगम गर्नुभएको छ ।
भीमदत्त नगरपालिका–९ स्थित खोलाहरुको रोयल्टी संकलन गर्ने कर्मचारीले इमान्दारीता पूर्वक राजश्व संकलन गरिरहेको छ वा छैन भनेर कार्यवाहक नगर प्रमुख जोशी नेतृत्वको टोली छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उहाँले कर्मचारीहरुलाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिनु भएको छ ।