• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कृषिलाई हेर्ने मानसिकता फेरिन जरुरी छ ः नगर प्रमुख विष्ट

Byभीमदत्त अनलाइन

२६ भाद्र २०७६, बिहीबार १९:५६ २६ भाद्र २०७६, बिहीबार १९:५६ २६ भाद्र २०७६, बिहीबार १९:५६

महेन्द्रनगर, २६ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले किसानलाई हेर्ने मानसिकता फेरिनु पर्नेमा जोड दिनु भएको छ ।
जानकी कन्या माध्यमिक विद्यालयमा कृृषि उपकरण हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले कृषि व्यवसायीकण र आधुनिकीकरणबाट देशलाई समृद्ध बनाउन सकिने बताउनु भयो ।

‘खेतमा काम गर्ने सफा सफा हुन सक्दैन भन्ने मानसिकता छ, जबसम्म यो मानसिकता हट्दैन तबसम्म समाज विकास र समृद्धितिर जान सक्दैन’ नगर प्रमुख विष्टले भन्नु भयो । नगर प्रमुख विष्टले हरेक व्यक्तिले कुरा अनुसार काम गर्दा देश समृद्ध बन्न समय नलाग्ने बताउनु भयो ।

जानकी कन्या माध्यमिक विद्यालय भीमदत्त नगरपालिका, जिल्ला र सुदूरपश्चिम प्रदेशको पहिचान भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक विकास र पूर्वाधार निर्माणका लागि नगरपालिका सधैं सहयोग गर्ने बताउनु भयो ।
‘यो विद्यालय एक वर्षपछि म आउँदा केही न केही परिवर्तन हुने आशा गरेको छु’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो विद्यालय नगरपालिका, जिल्ला, प्रदेशको पहिचान हो, यहाँ छात्रा मात्रै अध्ययन गर्छन्’ नगर प्रमुख विष्टले भन्नु भयो,‘नगरपालिका सधैं सहयोग गर्न तयार छ ।’

खेती किसानीलाई हेय दृष्टिले हेर्ने गलत मानसिकताका कारण भारतबाट आलु समेत किनेर खानु पर्ने अवस्था उब्जिएको नगर प्रमुख विष्टको भनाई थियो । नगरपालिकाले कृषिको व्यवसायीकरण र आधुनिकीरणलाई प्राथमिकता दिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले भन्नु भयो,‘कृषि क्षेत्रको विकासका लागि नगरपालिका सहकारी सहित सरोकारावालासंग सहकार्य गर्दै आएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन सुपर जोन अन्र्तगत ७० प्रतिशत अनुदानमा विद्यालयलाई प्रयोगशाला सहित खेतमा प्रयोग हुने उपकरणहरु प्रदान गरिएका छन् । विद्यालयलाई आइएस्सी एजी सञ्चालनमा सहयोगका लागि कृषि उपकरणहरु प्रदान गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख विष्टले विद्यालयका प्रधानाध्यापक अन्जुला भट्टलाई कृषि उपकरणहरुको फाइल हस्तान्तरण गर्नु भयो । धान सुपर जोनका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द, वडा नं. ४ का अध्यक्ष लक्ष्मी दत्त बोहरा, वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापा, कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्ट, प्रधानमन्त्री कृसष आधुनिकीरण परियोजना धान जोनका प्रमुख सन्जु उपाध्यय रिजाल, जिल्ला शिक्षा विकास समन्वय इकाईका निमित्त प्रमुख रुपराम तिरुवा, विद्यालयका प्रधानाध्यापक अन्जुला भट्ट लगायतका व्यवस्थाप समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र कर्मचारी सहभागी भएका छन् ।

कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत थापाले कृषि पठापाठनलाई व्यवहारिक बनाउन विद्यालयलाई १० लाख मूल्य पर्ने समान ७० प्रतिशत अनुदानमा प्रदान गरिएको बताउनु भयो । विद्यालयका शिक्षक प्रकाश चन्दले सञ्चालन गरेको कार्यक्रममा शिक्षक टिकाराम भट्टले स्वागत मन्तव्य राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *