• Mon. May 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कृषि र पशुका स्वयम् सेवक प्राविधिकलाई तालिम

Byभीमदत्त अनलाइन

८ कार्तिक २०७६, शुक्रबार १९:१० ८ कार्तिक २०७६, शुक्रबार १९:१० ८ कार्तिक २०७६, शुक्रबार १९:१०

 

महेन्द्रनगर, ८ कार्तिक
भीमदत्त नगरपालिकाले कृषि र पशु स्वयम् सेवक प्राविधिकहरुका लागि सञ्चालन गरेको पुनर्ताजगी क्षमता अभिवृद्धि तालिम सकिएको छ । तीन दिनसम्म सञ्चालन गरिएको तालिममा कृषि र भेटेरिनरीका प्राविधिक र ओजीटीका विद्यार्थी गरी ४० जना सहभागी भएका छन् ।

भीमदत्त नगरपालिका आर्थिक विकास समितिका संयोजक डम्मर सिह कार्कीको अध्यक्षतामा कार्यक्रम गरी तालिम समापन गरिएको छ । आर्थिक विकास समितिका संयोजक कार्कीले कृषि र पशुपालन व्यवसायिक बनाउने नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । तीन दिने तालिमबाट प्राविधिकहरुले थप ज्ञान सीप हासिल भएकाले वासिन्दालाई सेवा प्रदानमा सहजता हुने बताउनु भयो ।

पशु विज्ञ केन्द्रका प्रमुख डा. मदन सिह धामी, भेटेनिरी अस्पतालका प्रमुख डा. पान सिह ठगुन्ना, पशु प्राविधिक शंकरदत्त जोशी, भीनपा कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेय, प्राविधिकहरु , विनिता विष्ट, निरज शर्मा, वसन्त महता लगायतले तालिम सहजीकरण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *