महेन्द्रनगर, २० चैत
भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथामका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा लिटिल बुद्ध एकेडेमीले एक लाख सहयोग गरेको छ । भीमदत्त नगरपालिकालाई बिहीबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
लिटिल बुद्धका प्रिन्सिपल श्याम सिह मौनीले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई एक लाखको चेक हस्तान्तरण गनर््ु भयो । भीमदत्त नगरपालिकाले कोरोना भाईरस संक्रमणको महामारी रोकथामका लागि कोष स्थापना गरेपछि गत साता विद्यालयले सहयोग गर्ने घोषणा गरेको थियो । विद्यालयले घोषणा अनुसार बिहीबार सहयोग रकम हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट सहित प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लिटिल बुद्धका प्रिन्सिपल मौनी, विद्यालयका सञ्चालकहरु उत्तम थापा, महेन्द्र चन्द, प्रेम बहादुर खाती लगायतका सहभागी हुनु भएको छ ।
नगर प्रमुख विष्टलाई रकम हस्तान्तरणपछि लिटिल बुद्धका प्रिन्सिपल मौनीले कोरोना संक्रमण महामारी रोकथामका लागि टेवा पुगाउन नगरपालिकालाई सहयोग गरिएको बताउनु भयो । ‘कोराना जस्तो महामारीबाट बाँच्न त्यसको सामना गर्नका लागि सहयोग गरिएको छ’ प्रिन्सिपल मौनीले भन्नु भयो ।
भीमदत्त नगरपालिकाले कोरोना रोकथामका लागि राष्ट्रिय वाणिज्य बंैंक शाखा महेन्द्रनगरमा प्रकोप व्यवस्थापन कोष ९ ग–७–२० ४१८००३०७०२०००२ नम्बरको खाता सञ्चालन गरी कोषमा सहयोग जुटाई रहेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले कोरोना रोकथाम सहित भविष्यमा आई पर्ने विपद्को सामनाका लागि कोष स्थापना गरिएको उल्लेख गर्दै नगरपालिकालाई सहयोग गरेकोमा लिटिल बुद्धलाई धन्यवाद दिनु भयो । ‘विपद्बाट पूर्व तयारी र सर्तकता आवश्यक छ’, नगर प्रमुख विष्टले भन्नु भयो, ‘सहयोगका लागि धन्यवाद सहित आभार प्रकट गर्छौ ।’
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि फागुनदेखि गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच गर्दै आएको छ । यसैगरी कोरोनाबाछ जोगिन नगर वासिन्दालाई सचेतना गराउन घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।