महेन्द्रनगर १८ बैशाख ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाररसको नयाँ भेरियन्ट संक्रमण बढ्दो छ । भारतीय सीमा नाका रहेको भीमदत्त नगरपालिका क्षेत्रमा यसको उच्च जोखिमसँर्गै व्यवस्थापनको ठुलो जिम्मेवारी पनि छ ।
भीमदत्त नगरपालिकाले आफ्ना नगरवासीलाई मात्र नभई गड्डाचौकी नाका भएर स्वदेश फकिर्ने सुदूरपश्चिमका र अन्य स्थानीय नागरिकको कोरोना संक्रमण परिक्षण त्यसको व्यस्थापन गर्ने दायित्व थपिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिम्मेवारी पुर्वक नाका व्यवस्थीत गर्न नसक्दा समस्या सिर्जना भईरहेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि भीमदत्त नगरपालिको विशेष प्रस्तावमा नै जिल्लालाई पुर्ण रुपमा लकडाउन गरिएको छ । नगरपालिकाले महामारी नियन्त्रणका लागि विशेष संयन्त्र बनाएर काम गरिरहेको छ ।
हालको अवस्थामा कोरोना संक्रमण नियन्त्रण सम्बन्धीका निर्णय नियमित कार्यपालिका बैठकबाट गर्न सम्भव नभएकाले कार्यपालिकाले नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा काभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा गठीत निर्देशक तथा समवय समिति गठन गरिएको छ ।
समितिलाई काभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा आवश्यक निणर्य गर्न तथा श्रोत साधन परिचालन र व्यवस्थापन गर्ने अधिकार पाएको छ ।
समितिको सह– संयोजकमा नगर उप–प्रमुख शुसिला चन्द सिंह, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक प्रेम प्रशाद जैशी, पुर्वाधार विकास समितिकी संयोजक कमला देवकोट, सामाजिक विकास समितिका संयोजक सर्जन सुनार सदस्य र प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट सदस्य सचिव रहेका छन् ।
निर्देशक तथा समन्वय समितिको बैशाख १४ गते बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिने कार्यलाई थप व्यवस्थीत गर्न सचिवालय स्थापन गरेको छ । सचिवालयको जिम्मेवारी स्वास्थ्य उप–शाखा प्रमुख नरेन्द्र जोशीलाई दिईएको छ ।
भीमदत्त नगरपालिकाले कोरोनाको नयाँ भेरियन्टको नियन्त्रण एव्म रोकथामका लागि परिक्षणको दायरा बनाउने, जनचेतना मुलक कार्यक्रमलाई थप सशक्त रुपमा अगाडी बढाउने, महाकाली अस्पतालमा अक्सीजन प्लान्ट स्थापना गर्ने, लकडाउनमा कडाई गर्ने, सीमामा होल्डीङ सेन्टर निर्माण गर्ने लगायतको योजना बनाएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नयाँ भेरियन्टको कोरोना संक्रमणप्रति नगरपालिका गम्भीर रहेको बताउनु भयो । उनको अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले छुट्टै संयन्त्र निर्माण गरि काम अगाडी बढाएको छ ।
‘महाकाली अस्पताललाई थप व्यवस्थीत तथा पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनका लागि नगरपालिकाले सक्दो सहयोग गर्न तयार छ, गरिरहेको पनि छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘अस्पताललाई नगरपालिकाको सहयोगले मात्रै पुग्दैन्, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहयोगका लागि पहल भईरहेको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारको छुट्टै अधिकार सम्पन्न संयन्त्र नहुदाँ व्यवस्थापन समस्या भएको उहाँको बुझाई छ ।
्नगरपालिकाले अक्सीजन प्लान्ट स्थापनाका लागि २० लाख सहयोग गरिसकेको छ । महाकाली अस्पतालमा रहेको पिसिआर मेसिनलाई स्वाचालित उपकरण जडान गरि परिक्षणको दायर बढाईने भएको छ । साथै आईसियु वार्ड थप गर्ने र भेन्टीलेटर सञ्चालनका लागि जनशक्ती व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।
त्यस्तै नगरपालिकाले संक्रमण नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पदपर्ती गर्न सुचना समेत प्रकासित गरिसकेको छ
त्यस्तै नगरपालिका गड्डाचौकी नाकामा रहेको हेल्प डेस्कलाई थप व्यवस्थीत एव्म क्षमता विस्तार गर्न र नाकामा हाल्डीङ् सेन्टर स्थापनाको काम अगाडी बढाएको छ । होल्डीङ् सेन्टर निर्माणका लागि प्रदेश सरकार सहकार्य भईरहेको नगर प्रमुख विष्टको भनाई छ ।
एक हजार जना अटाउन सक्ने क्षमताको होल्डीङ सेन्टर स्थापना गरि नेपाल सेनालाई गरिचालन गर्ने योजना रहेको छ । ‘भीमदत्रलाई यहाँका नगरवासीको व्यवस्थापन र स्वास्थ्य सुरक्षाको जिम्मेवारी छैन ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘हामी सीमा क्षेत्रको स्थानीय तह भएकाले सुदूरपश्चिम लगायत अन्य जिल्ला र स्थानीय तहमा नागरिकको जिम्मेवारी पनि थपिएको छ, यसमा प्रदेश र संघ सरकारले ध्यान दिनुपर्छ ।’
त्यस्तै नगरपालिकाले नगर विपद् व्यवस्थापन कोषलाई बढाउने योजना बनाएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण र लकडाउनले सर्वसाधारणको जनजीविकामा पर्ने असरलाई मध्य नजर गदैँ नगरपालिकाले विपद् व्यवस्थापन कोषलाई वृद्धी गर्न लागेको हो ।
यसअघि नगरपालिकाले पहिलो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि एक करोडको कोष स्थापना गरेको थियो । जसमार्फत कोरोना भाईरसको संक्रमण नियन्त्रण सम्बन्धी काम र राहत वितरण समेत गरेको थियो । त्यस्तै नगरपालिकाले संक्रमणको बढ्दो अवस्थालाई लक्षीत गरेर स्वास्थ्य सामाग्री, उपकरण आवश्यकता पहिचान र व्यवस्थापन कार्यमा पनि जोड दिएको छ ।
त्यस्तै नगरपालिकाले संक्रमण नियन्त्रणका लागि टोल विकास समितिहरुलाई परिचालनको तयारी गरेको छ । टोल विकास समितिमार्फत संक्रमणको जोखिम नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम, होम क्वारेन्टाईको व्यवस्थापन र सुचना संकलन कार्य हुनेछ । त्यस्तै नगरपालिकाले संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर क्वारेन्टाईन व्यवस्थापन भईरहेको जनाएको छ । त्यस्तै लकडाउनमा हुन सक्ने कालो बजारी, मुल्य वृद्धि नियन्त्रणका लागि अनुगमन कार्यलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
त्यस्तै संक्रमितको उपचारलाई सहज बनाउन एम्बुलेन्सलाई एकद्धार प्रणालीबाट सञ्चालन गरिने भएको छ । नगरपालिकाले नागरिक आचार संहिता जारी गर्ने तयारी गरेको छ भने कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको पुर्ण पालना गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्ने नगरवासीलाई आग्रह गरेको छ । त्यस्तै नगरपालिकाले संक्रमणको उच्च जोखिमको समयमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीलाईका श्रोत साधनलाई पुर्ण रुपमा परिचालन गरेको छ ।