• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

कोरोना विरुद्ध नगरपालिकाका सबै संयन्त्र प्रयोग गर्ने भीमदत्त नगर कार्यपालिकाको निर्णय

Byभीमदत्त अनलाइन

३० फाल्गुन २०७६, शुक्रबार १९:२५ ३० फाल्गुन २०७६, शुक्रबार १९:२५ ३० फाल्गुन २०७६, शुक्रबार १९:२५

महेन्द्रनगर, ३० फागुन
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्र प्रयोग गर्ने भएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शुक्रबार बसेको ४४ औं बैठकले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्रण परिचालन गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हिमाल चन्दले कार्यपालिका बैठकले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्र तयारी अवस्थामा राखिने निर्णय गरिएको जानकारी दिनु भयो । ‘बैठकमा अहिलेको विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण विरुद्ध नगरपालिका हरेक किसिमले तयार हुने र हरेक संयन्त्र तयारी अवस्थाम बस्ने निर्णय गरिएको छ’ प्रवक्ता चन्दले भन्नु भयो,‘कोरोना विरुद्ध नगरपालिका, जनप्रतिनिधि, नगर वासी सबै क्षेत्र र समुदायलाई एकजुट भएर जानु अनुरोध गरिएको छ ।’

भीमदत्त नगरपालिकामा नेपाल प्रवेशको पश्चिमी सीमा नाका गड्डाचौकी समेत पर्ने भएकाले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणलाई प्राथमिकता दिएर कार्यपालिका बैठकमा छलफल गराएको प्रवक्ता चन्दले बताउनु भयो । प्रवक्ता चन्दले सीमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालन, स्वास्थ्यकर्मी परिचालन, नगरपालिकाको स्टोरमा औषधि व्यवस्थापन, नगर वासिन्दालाई कोरोना विरुद्ध सचेत गराउने लगायतका कार्य गरिने जानकारी दिनु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको हो । बैठकले नगर प्रवक्ता र साधन परिचालन समितिको जिम्मेवारी हेरफेर गरेको छ । भीमदत्त नगरपालिका–१७ का अध्यक्ष हिमाल चन्दलाई नगर प्रवक्ता र १० का अध्यक्ष प्रमानन्द जोशीलाई साधन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको हो ।

भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकले जनप्रतिनिधि र कर्मचारीहरुको आचार सँहिता अनुगमनका लागि समेत समिति बनाएको छ । समितिमा नगर प्रवक्ता चन्द, भीनपा –१५ का अध्यक्ष भीम बहादुर शाहु र भीमदत्त नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिह धामी छन् ।

कार्यपालिका बैठकले राजश्वको सफ्टवेयर परिवर्तन र नगरपालिका विभिन्न वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय समेत गरेको छ । भीमदत्त नगरपालिकाका २, ३,४, ५,६, ८, ११, १२, १३, १४, १५, १८ र १९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएका हुने । तीमध्ये वडा नं. २, ४ र ६ मा बर्थिङ्ग सेन्टर सहितको सेवा केन्द्र सञ्चालन गर्न लागिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *