महेन्द्रनगर, २८ चैत
भीमदत्त नगरपालिकालाई कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथामका लागि विभिन्न क्षेत्र, व्यक्ति, संघसंस्थाले सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाले बिहीबारसम्म सहयोग गर्ने सहयोगीहरुको नामावली शुक्रबार सार्वजनिक गरेको छ ।
कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नगद र जिन्सी सहयोग गरिएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले कोराना विरुद्धको लडाईमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नु भएको छ ।
नगर प्रमुख विष्टले कोरोना विरुद्धको लडाई जित्नका लागि नगरपालिका सबै क्षेत्रसित सहकार्य र समन्वय गरी जाने प्रतिवद्धता दोहो¥याउँदै आगामी दिनमा समेत सबै पक्षबाट सहयोग हुने अपेक्षा राख्नु भएको छ ।
हालसम्मको सहयोग विवरण