• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

गड्डाचौकी नाकामा आन्तरिक मामिलामन्त्री जोशीद्धारा अनुगमन, नगर प्रमुख विष्टले गरे ब्रिफीङ

Byभीमदत्त अनलाइन

२१ असार २०७८, सोमबार १७:२८ २१ असार २०७८, सोमबार १७:२८ २१ असार २०७८, सोमबार १७:२८

महेन्द्रनगर २१ असार ।
नेपालको पश्चिमी नाका गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले अनुगमन गर्नु भएको छ । उनले सोमबार बिहान नाकामा पुगेर स्थलगत अनुगमन गरेकी हुन् ।


होल्डीङ सेन्टर निर्माण, शान्ती सुरक्षाको अवस्था लगायत अन्य विपद तथा जोखिमबारे नाकामा पुगेर मन्त्री जोशीले जानकारी लिएकी छिन् । नाकामा अनुगमनका क्रममा मन्त्री जोशीले प्रदेश सरकारले नाकालाई व्यवस्थीत बनाउदै सुरक्षा व्यवस्थालाई बलियो बनाउन जोड दिएको उल्लेख गर्नुभयो ।


गत जेठ मन्त्री परिषद् विस्तार भएकापछि मन्त्रालयको जिम्मेवारी समालेकी आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीले शान्ती सुरक्षा, विपद् व्यवस्थापन र सुशासनका उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।


‘सीमा विवादको समाधानका केन्द्र सरकारको जिम्मेवारी भित्रको विषय हो । यसको समाधानकाका लागि संघिय सरकारलाई पहल गर्छ ।’ मन्त्री जोशीले भन्नुभयो । ‘मैले संघिय मन्त्रालयसँग यस विषयमा निरन्तर सम्पर्कमा छु, सीमा सुरक्षा दिर्घकालिन रुपमा हल हुनुपर्छ ।’


साथै गड्चौकी नाकामा भारत जाने नागरिकको पिसिआर तथा एन्टीजेन परिक्षणका लागि सम्बन्धी स्थानीय तहले जिम्मेवारी लिनुपर्ने पनि उहाँको भनाई छ । त्यस्तै मन्त्री जोशीले नेपाल शसस्त्र प्रहरी गड्डाचौकी बिओपी, कारागार कार्यालय कञ्चनपुरको पनि स्थलगत अनुगमन गर्नु भएको छ ।

त्यस्तै अनुगमनका क्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सीमाको अवस्थाबारे मन्त्री जोशीलाई ब्रिफीङ गर्नु भएको थियो । उहाँले सीमा लाई व्यवस्थीत बनाउनका लागि भीमदत्त सहकार्य गर्न तयार रहेको बताउनु भयो । भीमदत्त नगरपालिकाले सीमा अस्थायी होल्डीङ सेन्टर र हेल्थ डेस्क स्थापना गरि सेवा दिईरहेको छ ।


नगर प्रमुख विष्टले तत्काल स्थायी होल्डीङ सेन्टर निर्माणका लागि काम सुरु गर्नु पर्ने औल्याए । साथै नगरपालिकाले सीमा सुरक्षामा सुरक्षाकर्मीको मनोबल उच्च बनाउन भौतीक पुर्वाधार निर्माण कार्यमा सहयोग गरेको नगर प्रमुख विष्ट बताउनु भयो ।

नाकामा सुदूरपश्चि प्रदेश सरकारका भुमी व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द, कञ्चनपुरका प्रमुख जिल्ला जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *