• Mon. Nov 4th, 2024

गड्डाचौकी नाकामा डाक्टरसहित स्वास्थ्य सेवा दिदैँ भीमदत्त 

Byभीमदत्त अनलाइन

१८ जेष्ठ २०७८, मंगलवार २१:१० १८ जेष्ठ २०७८, मंगलवार २१:१० १८ जेष्ठ २०७८, मंगलवार २१:१० #गड्डाचौकी नाका, #हेल्थ डेस्क

महेन्द्रनगर १८ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपालको पश्चिमी नाका गड्डाचौकीमा सञ्चालनमा रहेको हेल्थ डेस्कमा एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलि खटाएको छ ।  नगरपालिकाले हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य सेवा र चिकित्सकीय सेवा दिनका लागि डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलि खटाएको हो । डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलिले यस नाका भएर आउने नेपालीलाई सेवा दिईरहेको छ ।

भीमदत्त नगरपालिकाको पहलमा स्थापना गरिएको हेल्थ डेस्कमा संघिय सरकार र सुदूरपपश्चिम प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ । नामा भारतबाट आउने नेपालीलाई नागरिकको नियमित स्वास्थ्य परिक्षणको काम हुदैँ आएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि हेल्थ डेस्कलाई व्यवस्थीत बनाईएको नगरपालिकाले जनाएको छ । हेल्थ डेस्कमा यस नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टीजेन परिक्षण भईरहेको नगरपालिकाका डाक्टर एंवम हेल्थ डेस्क ईन्चार्ज सन्तोश भट्टले बताउनु भयो । उहाँका अनुसार हेल्थ डेस्कले एन्टीजेनसँगै मलेरिया समेत परिक्षण गरिरहेको छ  ।

‘यस नाका भएर आउने सबै नागरिकको एन्टीजेन परिरक्षण गरिरहेको छौँ, मलेरियाको जोखिम रहेको ठाउँबाट आउने व्यक्तिहरुको मलेरिया पनि टेष्ट हुन्छ ।’ डाक्टर भण्डारीले भने ‘कोरोनाको लक्षण देखिएकालाई आवश्यक सुझाव सल्लाह दिने गरेको छौँ, आवश्यक परे अस्पतालसम्म पु¥याउने व्यवस्था समेत रहेको छ ।’ हेल्थ डेस्कमा दुई सिफ्टमार्फत स्वास्थ्यकमीले सेवा दिने गरेका छन् । त्यस्तै नागरिकको सहजताका लागि नगरपालिकाले नाका अस्थायी होल्डीङ सेन्टर निर्माण गरिएको छ । निड्स नेपालको सहयोग रहेको होल्डीङ सेन्टर व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । 

भारतबाट आउने सुदूरपश्चिमका विभिन्न जिल्ला नागरिकलाई छुट्टाछुट्टै राख्ने गरिएको छ भने अन्य जिल्लाका नागरिकका लागि पनि छुट्टै होल्डीङ सेन्टर निर्माण गरिएको छ । नाकामा कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिकामा रहेको आईसिएचको भवनस्थित आईशोलेसनमा राख्ने गगरिएको डाक्टर भट्टले बताउँनु भयो ।

त्यस्तै हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्नीसियन लक्ष्मी रिमाल धामीले पनि नाका नियमित एन्टीजेन परिक्षण भईरहेको बताउँनु भयो । उहाँका अनुसार पछिल्लो समय भारतबाट आउनु नागरिकको संङ्ख्या घट्दैँ गएको र  परिक्षण गरिएमा संक्रमणको दर पनि न्युन हुदँै गएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गदैँ नगरपालिकाले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलि परिचालन गरेकको बताउनु भयो । उहाँका अनुसार नाकामा रहेको हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी परिचालन गरिएको हो ।

साथै नगरपालिकाले आईशोलेसनमा रहेका नागरिकलाई पनि डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीबाट आवश्यक परामर्श दिन सुरु गरेको छ । नगरपालिकाले नगरका वडावडामा एन्टीजेन परिक्षण अभियान सञ्चालन गरिरहेको बताउँदै नगर प्रमुख विष्टले अभियानक्रममा स्थानीयलाई मनोविमर्शबारे पनि परामर्श दिने गरिएकको बताउँनु भयो । नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणकालाई सोमबारबाट वडास्तरमा एन्टीजेन परिक्षण अभियान थालेको हो । साथै संक्रमण नियन्त्रणका लागि विभिन्न संयन्त्र बनाएर नगरपालिकाले काम गरिरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *