• Mon. Nov 4th, 2024

गड्डाचौकी नाकामा भीमदत्त नगरपालिकाद्धारा होल्डिङ्ग सेन्टर सञ्चालनमा

Byभीमदत्त अनलाइन

८ जेष्ठ २०७८, शनिबार १५:५४ ८ जेष्ठ २०७८, शनिबार १५:५४ ८ जेष्ठ २०७८, शनिबार १५:५४

महेन्द्रनगर । भारतबाट आउने नेपालीहरुकालागि गड्डाचौकी नाकामा व्यवस्थीत होल्डीङ सेन्टर निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । सुदूरका ९ वटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टा छुट्टैरुपमा व्यवस्थीत गरी निर्माण गरिएको होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याईएको हो ।
भीमदत्त नगरपालिकाले निड्स नेपाल र श्रीदल गुल्म भगतपुरसँग सहकार्य गरेर होल्डिङ्ग क्वारेन्टाईन निर्माण गरेको हो । बैशाख २० गते देखि अस्थायी होल्डिङ्ग सेन्टर निर्माण गरिएको थियो ।


नाकामा होल्डिङ्ग सेन्टर निर्माण गरि सञ्चालन ल्याईएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो ।
श्रीदल गुल्म भगतपुरका सेनानी प्रतिक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सि, खानेपानी, शौचालय लगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ । त्यसैगरी गुल्मको जनशक्ति प्रयोग गरिएको सेनानी कार्कीले बताउनु भयो ।


गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरुका लागि नाकामै स्वास्थ्य परिक्षणको व्यवस्था समेत भीमदत्त नगरपालिकाले मिलाएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नाकामै हेल्थ्य डेस्क स्थापना गरेर एन्टिजेन परिक्षणपछि सम्बन्धीत स्थानमा पठाउने गरिएको बताउनु भयो ।
उहाँका अनसार नगरपालिकाले आफ्नै पहलमा भारतबाट आएका नेपाली नागरिकलाई राख्न होल्डिङ्ग सेन्टर निर्माण गरिएको बताउनु भयो ।
उहाँले तत्काल अस्थायी होल्डिङ्ग सेन्टर निर्माण गरिएकोमा स्थायी प्रबृत्तिको होल्डिङ्ग सेन्टर निर्माणको योजनामा नगरपालिकाले बनाएको बताउनु भयो ।


‘कोरोना महामारी मात्रै होईन भुकम्प, बाढि र हावाहुरीबाट हुने क्षतीको अवस्थामा समेत काम लाग्ने गरी होल्डिङ्ग सेन्टर निर्माण गर्ने योजनामा जुटेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो । यनिसेफ, केयर नेपाल, एलडब्लूआर, आईओएमको पनि होल्डिङ्ग निर्माणमा सहयोग रहेको छ । हाल गड्डाचौकी नाकाबाट दैनिक २ देखि ३ सय जना नेपालीहरु भित्रिने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *