• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

गड्डाचौकी हेल्थ डेस्कलाई सामाग्री हस्तान्तरण

Byभीमदत्त अनलाइन

१६ माघ २०७७, शुक्रबार १५:०८ १६ माघ २०७७, शुक्रबार १५:०८ १६ माघ २०७७, शुक्रबार १५:०८

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीमा सञ्चालित हेल्थ डेस्कलाई सामाग्री हस्तान्तरण गरिएको छ । बिहीबार हेल्थ डेस्कमा कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको छ ।

भीमदत्त नगरपालिकाकाका मेयर सुरेन्द्र विष्टको अध्यक्षता र अन्तर्राष्ट्रिय आप्रवासान संगठन (आइओएम) का चिफ मेडिकल अफिसर डा. भासिनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा आइओएमका डा. भासिनले भीमदत्तका मेयर विष्टलाई सामाग्री हस्तान्तरण गर्नु भयो ।

आइओएमले हेल्थ डेस्कलाई व्यवस्थित रुपमा सञ्चालन गरी दुई बेड सहित अक्सिजन सिदिण्डर, मास्क, सेनिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ ।

कार्यक्रममा डा. भासिनले हेल्थ डेस्कबाट कोरोना लगायतका महामारी फैलिन नदिन सहयोग पुग्ने बताउनु भयो ।

भीमदत्त नगरपालिकाका मेयर विष्टले सडक छेउमा सञ्चालन गरिएको हेल्थ डेस्कबाट स्थायी रुपमा सञ्चालन गनु पर्ने आवश्यकता महसुस गरिएको बताउनु भयो ।

‘गत वर्ष भारतको दिल्ली लगायतका सहरमा कोरोना भाईरस महामारी देखिएपछि कोरोना परीक्षणका लागि हेल्थ डेस्क सञ्चालनमा आयो, फागुनदेखि स्वास्थ्य जाँच गरिएको थियो’ मेयर विष्टले भन्नु भयो, ‘यस अवधिमा डेढ लाखको हाराहारीमा स्वास्थ्य जाँच गरिएको छ, त्यसबाट स्थायी संरचना, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको महसुस गरिएको हो ।’

मेयर विष्टले डेस्कका स्वास्थ्यकर्मीलाई भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न निर्देशन दिनु भएको छ । मेयर विष्टले स्वास्थ्यकर्मीले आफूलाई परेका समस्या कार्यालयलाई जानकारी गराउनु पर्ने बताउनु भयो ।

‘यो नाका खुलेको छ, सरकारले निर्णय गरेको छ, ठूलो संख्यामा आउने खतरा छ’ मेयर ,विष्टले भन्नु भयो, ,‘कोही पनि छुटेर जान नपाओस, सबैको स्वास्थ्य जाँच होस, त्यसमा ध्यान पुगोस ।’

इपिडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम बहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रेम जैसी, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार, सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारी, समाजसेवी लक्ष्मी भट्ट लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

भीमदत्त नगरपालिकाले गत वर्ष कोरोना महामारी फैलिएपछि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । गत वर्षदेखि हालसम्म एक लाख ५० हजार बढीको स्वास्थ्य जाँच गरेको छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *