• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

गणतन्त्र दिवसको अवसरमा भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवन शिलान्यास

Byभीमदत्त अनलाइन

१५ जेष्ठ २०७८, शनिबार १५:१५ १५ जेष्ठ २०७८, शनिबार १५:१५ १५ जेष्ठ २०७८, शनिबार १५:१५

महेन्द्रनगर १५ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनीक भवन शिलान्यास गरिएको छ । शनिबार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले मुख्य प्रशासनीक भवनको शिलान्यास गरेका हुन । नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सेवा दिन नयाँ भवन निर्माण कार्य थालेको हो ।


३१ करोड ९७ हजार छ सय कुल अनुमानित लागत रहेको उक्त प्रशासनीक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरि चार तले भवनको शिलान्यास गरिएको बताउनु भयो । उहाँका अनुसार भवनमा अत्याधुनिक सेवा सुविधा रहने गरि निर्माण गरिने छ । भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ ।


भवन निर्माणका लागि चाुल आर्थिक वर्षमा संघिय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ । भने थप बजेटका लागि प्रतिवद्धता जनाएको छ । अपुग बजेट नगरपालिकाले विनियोजन नगरपालिकाका प्रशासकीय अधिकृत पुस्कर भट्टले बताउनु भयो ।

उहाँका अनुसार हाल छुट्टाछुट्टै भवन शाखाहरु सञ्चालन भईरहेकाले एउटै भवनबाट नगरवासीलाई सेवा दिने निर्माण कार्य सुरु गरिए हो । अहिले करिब एक सय बढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव रहेको छ ।

भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीले सहज हुनेछ । नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थीत बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिन लागेको बताउनु भयो ।

उहाँले नगरपालिकाले बलियो भौतिक पुर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको बताउनु भयो । हाल सबै वडामा वडा कार्यालय भवन निर्माण गरिएको र केहिमा निर्माण पक्रिया अघि बढेको बताउँदै नगर प्रमुख विष्टले भन्नु भयो ।

‘हामीले अबको २५ वर्षपछिको अवस्थालाई मध्य नजर गरेर काम गरिरहेको छौँ, भीमदत्तलाई उप–महानगर तथा महानगरको आवश्यकता अनुसारका भौतिक पुर्वाधार निर्माण काम भईरहेको’ उहाँले भन्नुभयो ।

नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर काम गरिरहेको छ । गणतन्त्र दिवसको अवसर पारि गरिएको शिलान्यास कार्यलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले नगर प्रमुख विष्टले निर्देशन समेत दिनु भएको छ ।

त्यस्तै उप–प्रमुख शुसिला चन्द सिंहले पनि नमुना प्रशासनिक भवन बनाउने एतिहासिक कार्यको शिलान्यास गरिनु नगरवासीका लागि खुसीको कुरा भएको बताउनु भयो । उहाँले नगरपालिकाले समयमै निर्माण सम्पन्न गर्न नियमित रुपमा अनुगमन र निर्देशन दिने बताईन् । नगरपालिकाले समृद्ध नगरको परिकल्पनासहित विकास निर्माण कार्यलाई अगाडी बढाईरहेको उहाँको भनाई छ ।


त्यस्तै निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण कार्य सम्पन्न गरि सक्ने दावि गर्नु गर्नु भयो । उहाँले निर्माण सामाग्रीको अभाव नरहेमा समयावधी अगाडी नै भवन निर्माण कार्य सक्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *