• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

गौरा, देउडाले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : नगर प्रमुख बोगटी

Byभीमदत्त अनलाइन

२२ भाद्र २०७९, बुधबार २०:२५ २२ भाद्र २०७९, बुधबार २०:२५ २२ भाद्र २०७९, बुधबार २०:२५

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले गौरा पर्व तथा देउडाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

भीमदत्त नगरपालिका-१२ द्वारा गौरा पर्वको अवसरमा आयोजित देउडा प्रतियोगिता कार्यक्रममा शुभकामना सन्देश दिँदै उहाँले गौरा,देउडाले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताउनु भयो ।
यस्तै उहाँले आफ्ना कला सस्कृति जगेर्ना गर्न सबैले लाग्नु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *