• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

छैठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न

Byभीमदत्त अनलाइन

१८ फाल्गुन २०७९, बिहीबार ०५:४६ १८ फाल्गुन २०७९, बिहीबार ०५:४६ १८ फाल्गुन २०७९, बिहीबार ०५:४६

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न भएको छ । फागुन ९ गतेबाट शुरु भएको पर्यटन महोत्सव विहिबार एक कार्यक्रमका विच समापन गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागिे महोत्सव आयोजना गरिएको थियो । समापन कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख नीलम लेखक जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको बताउनु भयो । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित निरन्तरता दिईएकोे महोत्वस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको उहाँले बताउनुभयो । ‘हाम्रो यहाँ थुप्र्रै पर्यटकिय गतव्यहरु छन्, तिनको प्रचारप्रसार र प्रवद्र्धन नहुदाँ त्यसबाट लाभ लिन सकेका छैनौँ ।’ जिल्ला समन्वय समिति कञ्चनपुर प्रमुख दुर्गादत्त बोहोराले भन्नुभयो ‘महोत्सवले केही मात्रामा भएपनि यहाँका पर्यटकीय स्थलहरुको प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धन भएको छ ।’ यस्तै स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम तथा सुख्खा बन्दरगाह, महाकाली करिडोर, निर्माणाधिन मझगाउँ विमानस्थल, छेला औद्योगिक क्षेत्र, महाकाली पुल लगाएतका ठुला आयोजना सम्पन्न भए यहाँको पर्यटन विकासले फड्को मार्ने भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले बताउनुभयो । कार्यक्रममा होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश भट्टले पर्यटन प्रवद्र्धनका लागि निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु जरुरी भएको बताउनुभयो । १० दिनसम्म संचालन भएको महोत्सवमा अपाङगता भएका व्यक्ति तथा पत्रकारहरुलाई राष्ट्रिय निकुञ्जको भ्रमण, निकुञ्ज परिसरमा सरसफाई, पर्यटन प्रर्वद्धन सम्बन्धी छलफल, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, चरा अवलोकन, निकुञ्ज संरक्षण तथा पर्यटन बारे वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि,विद्यार्थी,पत्रकार लगाएत स्थानियको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *