• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

जगद्गुरुद्धारा नगर प्रमुख विष्टलाई अभिनन्दन

Byभीमदत्त अनलाइन

३ पुष २०७८, शनिबार १७:३९ ३ पुष २०७८, शनिबार १७:३९ ३ पुष २०७८, शनिबार १७:३९

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई अभिनन्दन तथा सम्मान गरिएको छ । शनिबार महाकाली शारदापीठ भम्केनीधाम एंवम् श्रीमद्भागवत महापुराण धनधान्याञ्चल विराज महायज्ञकोतर्फबाट नेपालका प्रथम ऐतिहासिक जगद्गुरुले नगर प्रमुख विष्टलाई अभिनन्दन गरेका हुन् ।

नगर प्रमुख विष्टले धाम विकासका लागि महत्वपुर्ण सहयोग गरेको भन्दैँ नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री बालसन्त मोहनशरण देवाचार्यले अभिनन्दन गरेका हुन् । भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मुर्ती निर्माण भईरहेको छ ।

अभिनन्दन क्रममा जगदगुरुले नगर प्रमुख सरेन्द्र विष्टले मुती निर्माणसँगै गौ–रक्षाका लागि महत्वपुर्ण सहयोग गरेको बताउनु भयो । नगर प्रमुख विष्टले नेपाल आमा मुर्ती निर्माणका लागि एक करोड सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जसमा नगरपालिकाले ५० लाख रकम उपलब्ध गराईसकेको छ ।

साथै जगदगुरु मोहनशरण देवाचार्यले नगर प्रमुख विकासवादी नेता भएको भन्दैँ प्रशंसा समेत गर्नुभयो ।
त्यस्तै अभिनन्दनपछि नगर प्रमुख विष्टले भम्केनी धाम धार्मीक पर्यटनका लागि ठुलो सम्भावना रहेको बताउदैँ त्यसको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएनु भयो । दश दिने महायज्ञको आईतबार समापन हुदैँछ ।

नगर प्रमुख विष्टले निर्माणधिन नेपाल आमाको मुर्ती लगायत त्यहाँ भईरहेका कामबारे अवलोकनसँगै जानकारी लिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *