महेन्द्रनगर, ७ चैत
भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले जनतालाई भ्रममा पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नु भएको छ ।
नगर प्रवक्ता चन्दले केही दिन अघि पत्रपत्रिकामा भीमदत्त नगरपालिका नगर कार्यपालिका कार्यालयलाई जोडेर प्रकाशित समाचारमा आपत्ति जनाउँदै सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई सूचित गर्न आग्रह गर्नु भएको छ ।
नगर प्रवक्ता चन्दद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ,‘नगरपालिका कार्यालयसित कुनै पनि जानकारी नलिई एकतर्फी रुपमा भ्रम फैलाउने, विवादमा पार्ने र लाञ्छना लगाउने उद्देश्यले अपु्ष्ट, तथ्यहिन, भ्रामक, कपोकल्पि समाचार प्रकाशित गरिएकोप्रति दुःख व्यक्त गर्दैै उक्त समाचारमा कुनै पनि सत्यता नभएको जानकारी गराउँदछौ ।’
नगर प्रवक्ता चन्दले सत्य तथ्य जनतालाई सत्यतथ्य समाचार सम्प्रेण गरी सुसूचित गर्ने प्रेसको दायित्व भएको उल्लेख गर्दै असत्य र अपुष्ट समाचारले प्रेसको प्रतिष्ठामा आँच आउने चिन्ता व्यक्त गर्नु भएको छ ।