• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

जिमुवामा प्रसुती सेवा केन्द्रको नव निर्मित भवन उद्धघाटन

Byभीमदत्त अनलाइन

१३ चैत्र २०७८, आईतवार १९:५१ १३ चैत्र २०७८, आईतवार १९:५१ १३ चैत्र २०७८, आईतवार १९:५१

भीमदत्त १३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित जिमुवा स्वास्थ्य चौकीको प्रसुती सेवा केन्द्रको नव निर्मित भवन उद्धघाटन गरिएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित भवनको उद्धघाटन गर्नु भएको हो ।


भवनको उद्धघाटन गर्दै नगर प्रमुख विष्टले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्र संवेदशिल भएकोले त्यसका लागि आवश्यक पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापन जोड दिएको बताउनु भयो ।

कोरोना संक्रमणका कारण नगरपालिकाले करिब दुई वर्ष समय र श्रोत त्यसको नियन्त्रण र व्यवस्थापनमा लागेको उहाँको भनाई छ । नगरपालिकाले नगरमा तीन वडा बर्थीङ सेन्टरमार्फत प्रसुती सेवा दिईरहेको छ भने सबै वडाबाट आधारभुत स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको छ ।

वडाध्यक्ष प्रमानन्द जोशीले सजह सेवा प्रवाहका लागि पुरानो स्वास्थ्य चौकीमा प्रसुती सेवा केन्द्रका लागि भवन निर्माण गरिएको बताउनु भयो । साथै वडा कार्यलय पनि निर्माणाधिन रहेको र चाँडै सञ्चालनमा आउने उहाँले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *