• Fri. Nov 8th, 2024

जैविक मार्गले फेरिदै कञ्चनपुरकाे भीमदत्त

Byभीमदत्त अनलाइन

९ श्रावण २०७६, बिहीबार १४:३१ ९ श्रावण २०७६, बिहीबार १४:३१ ९ श्रावण २०७६, बिहीबार १४:३१

नगरपालिकाले आफ्नै स्रोत र साधनबाट छोटो समयमा निर्माण गरेको मार्गले नगर क्षेत्रका बासिन्दाको दैनिकी नै फेरिदिएको छ ।

नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै उक्त क्षेत्रमा धार्मिक पर्यटकीय विकासका लागि मार्ग निर्माणको काम शुरु गरिएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले यातायातसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, पर्यटकीय मार्गको योजना अघि सारेर कार्य थालनी गरिएको बताउनुभयो । नगरपालिकाको रौटेलादेखि बह्मदेवसम्म धार्मिक मार्गको ट्र्याक खोलेर ग्राभेलिङको काम सम्पन्न गरिएको छ ।

त्यस्तै वडा नं १३ देखि १९ सम्म शुक्लाफाँटा आरक्ष हँुदै निर्माण हुने पर्यटन मार्गको पनि ट्र्याक खेल्ने काम जारी रहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई जोड्ने र नगर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउन सो स्थलको विकास गर्ने लक्ष्यअनुरुप धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको हो । चार लेनको पक्की सडक बनाउने लक्ष्य राखेर निर्माण गरिएको सो मार्ग कैलालीको धार्मिकस्थल गोदवारीसम्म जोड्ने योजना सुदूरपश्चिम प्रदेश सरकारको छ ।

नगरपालिकामा निर्माण हुने नगर चक्रपथसँग जोड्ने गरी जैविक, धार्मिक तथा पर्यटकीय मार्ग निर्माण कार्य शुरु गरिएको नगरप्रमुख विष्टले बताउनुभयो । नगरपालिकाले सबै वडालाई छुने गरी नगर क्षेत्रमा नगर चक्रपथ बनाउने योजना बनाएको छ । “उत्तरमा धार्मिक मार्ग र दक्षिणमा पर्यटन मार्गलाई जोडेर चक्रपथ निर्माणको योजना अघि सारेका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन विकाससँगै ग्रामीण बस्तीलाई सडक सञ्जालले जोड्ने छ ।”

धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको सिद्धनाथ मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिरका साथै खल्ला मच्छेटीमा रहेको प्राचीन सिद्धबाबा, ऐतिहासिक ५२ कोठे दरबार, झिलमिला ताल लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन उल्लेख्य मद्दत पुग्ने नगरप्रमुख विष्टले बताउनुभयो । धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको कालिका मन्दिरस्थित प्रस्तावित महाकाली लोकमार्गलाई जोड्ने र मन्दिर नजीक बसपार्क प्रस्ताव गरिएको छ ।

नगरपालिकाले निकुञ्ज र दोधारा चाँदनी झोलुङ्गे पुलको पर्यटन प्रवद्र्धनका लागि महाकाली नदी किनारमा पार्कसहितका पूर्वाधार बनाउन गुरुयोजना निर्माण गरी काम अघि बढाएको छ । पर्यटकलाई झोलुङ्गे भएर शुक्लाफाँटाको हात्तीसार, वडा नं १४ र १६ को रानाथारू घरबासबाट बागफाँटा हुँदै जैविक मार्ग पुगाएर उत्तरी क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा पुगाउने नगरपालिकाको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *