• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

जैविक मार्ग संघिय योजनामा छनौट: २५ करोड बजेट विनियोजन गरि कालोपत्रेको गरिदैँ

Byभीमदत्त अनलाइन

१० श्रावण २०७८, आईतवार १८:२३ १० श्रावण २०७८, आईतवार १८:२३ १० श्रावण २०७८, आईतवार १८:२३

महेन्द्रनगर १० साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रेका लागि संघिय सरकारले बजेट विनियोजन गरेको हो । जसका लागि २५ करोड बजेट विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र रणनीति सडक कार्यक्रम अन्र्तगत जैविक मार्गलाई कालोपत्रे गर्ने योजना अघि बढाईएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १ सय ६५ वटा सडकको शिलान्यास गरेका थिए । जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनौटमा परेको हो ।

सडक डिविजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी लक्ष्मणदत्त जोशीले निर्वाचन क्षेत्र रणनीति सडक अन्र्तगत जैविक मार्ग कालोपत्रेको तयारी भईरहेको बताउनु भयो । उहाँका अनुसार ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि लागत ईष्टमेट तयार भईसकेको छ ।

‘भीमदत्त नगरपालिकाको चक्रपथ अन्र्तगतको सडक खण्ड धार्मीक पर्यटन मार्ग कालोपत्रेका लागि योजना छनौट भएको छ ।’ सुचना अधिकारी जोशीले भन्नुभयो ‘डिबिएसटी प्रविधिबाट कालो पत्रे हुन्छ, त्यसका लागि आवश्यक पुर्वाधार र संरचना लागि प्राविधिक अध्ययन गरि ईष्टमेट तयार भईसकेको छ ।’ उहाँले अगाडी थपे ‘केहि दिनमै ईष्टीमेट विभागमा पठाउछौँ त्यहाँबाट स्वीकृत भएर आएपछि ठेक्का पक्रिया अगाडी बढ्छ ।’

एक महिना भित्रमा विभागबाट योजना स्वीकृत भईसक्ने र भदौँ पहिलो हप्तासम्म सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिने उहाँको भनाई छ । निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण कार्य आर्थिक वर्ष २०८०\८१ सालभित्र सक्ने लक्ष्य लिएको छ ।

भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ । धार्मीक पर्यटन मार्गलाई चुरेको फेद हुदैैैैँ वेदकोट–गोदावारी र कर्णाली सम्म पु¥याउने लक्ष्य लिईएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरि प्राथमिकताका साथ काम अघि बढाएको छ । अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भईरहेको छ ।

नगरपालिको वडा नं. १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ ।

चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ । भने सडक पुर्वाधारबाट वर्षौँदेखि बञ्चित रहेका स्थानीयलाई यातायातमा सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *