महेन्द्रनगर २० बैशाख
भीमदत्त नगरपालिकाले न्यून २४ को सुदूरपश्चिम टीमको पहलमा क्यानडामा बस्दै आएका दाङ्गका नर बहादुर टन्टनले उपलब्ध गराएका पीपीए पत्रकारहरुलाई उपलब्ध गराएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमु्ख सुरेन्द्र विष्टले शनिबार नगरपालिकामा विभिन्न टेलिभिजनका १० पत्रकारलाई पीपीए उपलब्ध गराउनु भएको हो । त्यस अघि न्यून २४ का सुशिला ढुङ्गानाले नगर प्रमुख विष्टलाई पीपीए हस्तान्तरण गर्नु भएको थियो ।
पीपीए हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले कोरोना महामारी संक्रमण विरुद्ध सबै क्षेत्रबाट भएको सहयोगले हौसल थपिएको बताउनु भयो ।
प्राईम टेलिभिजन कञ्चनपुरका समाचारदाता डिल्लीराज पन्तले संचारकर्मीको पीडा बुझेर विदेशमा रहेका नेपालीले गरेको सहयोग गरेकोमा धन्यवाद दिनु भयो ।