• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

तीजको शुभकामना आदानप्रदान

Byभीमदत्त अनलाइन

१२ भाद्र २०७६, बिहीबार २०:२३ १२ भाद्र २०७६, बिहीबार २०:२३ १२ भाद्र २०७६, बिहीबार २०:२३

महेन्द्रनगर, १२ भदौ
हिन्दू नारीहरुको चाड हरितालिका तीजको अवसरमा बिहीबार भीमदत्त नगरपालिकामा शुभ कामना आदानप्रदान गरिएको छ । कार्यक्रममा नाचगान र देउडा समेत खेलिएको छ ।

भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिहको अध्यक्षतामा गरिएको कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु, महिला सदस्यहरु र कर्मचारीहरु सहभागी भएका छन् ।

भीमदत्तका कार्य वाहक नगर प्रमुख चन्दले हरितालिका धार्मिक आस्था अनुसार मनाउँदै आएकाले एक आपशमा शुभ कामना आदानप्रदान र मनोरञ्जनका कार्यक्रमका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

‘यो चाड महिलाहरुले धार्मिक आस्था अनुसार मनाउँदै आएका छन्, एक आपशमा भेटघाट, शुभ कामना आदानप्रदान र मनोरञ्जनका लागि कार्यक्रम गरिएको हो’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो ।

कार्यक्रममा भीनपा–१५ का वडा अध्यक्ष भीम बहादुर शाहु, कार्यपालिका सदस्य कमला देबकोटा, भीनपा–१९ का वडा सदस्य सन्तोसी साउँद ऐर, प्रशासकीय अधिकृत हरि सिह धामी, शिक्षा तथा खेलकूदका शाखाका शाखा अधिकृत हरि प्रसाद जोशी लगायतले शुभ कामना मन्त्व्य राख्नु भयो । कार्यक्रममा शुभ कामना आदानप्रदानपछि महिलाहरुले नाचगान र देउडा खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *