• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

त्रिवेणी बस्ती पुुगे नगर प्रमुख विष्ट: घाईतेको उपचारको व्यवस्था मिलाईयो, क्षतीपुर्तीका लागि पहल

Byभीमदत्त अनलाइन

३० पुष २०७८, शुक्रबार ११:२९ ३० पुष २०७८, शुक्रबार ११:२९ ३० पुष २०७८, शुक्रबार ११:२९

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाको त्रिवेणी बस्तीमा हात्तिले आक्रमण गरेको छ । बिहिबार राति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएका करिब दुई दर्जन हात्ति बस्ती पसेर आताङ्क मच्चाएको थियो ।


भीमदत्त नगरपालिकका नगर प्रमुख सुरेन्द्र विष्टले घटना र पिडितको अवस्थाबारे स्थलगत अनुगमन गरि जानकारी लिएका छन् । उहाँले शुक्रबार बिहानै त्यहाँ पुगेर पिडितको अवस्था र क्षतीबारे जानकारी लिनु भएको हो ।
हात्तिले तीन घर भत्काएको छ । भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा पनि क्षती पु¥याएको छ । त्यस्तै हात्तिले घर भत्कादाँ च्यापिएर एक जना घाईते भएकी छिन् ।

अनुगनपछि नगर प्रमुख विष्टले पिडितको अवस्था र क्षतीबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको बताउनु भयो । उहाँले क्षतीपुर्तीका लागि निकुञ्जसँग आवश्यक पहल भईरहेको समेत बताउनु भयो ।


साथै घर भत्किउदाँ घाईते भएकी ८० वर्षीय कलावती भाटको उपचारका लागि तत्काल अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था मिलाईएको उहाँको भनाई छ । स्थानीयलाई हात्ति आताङ्क नियन्त्रणका लागि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *