महेन्द्रनगर २४ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले नगरस्थित सामाजिक संघ संस्थाहरुमा अनुगमन गरेको छ । बिहिबार नगरपालिकास्थित सामाजिक संस्थाहरुमा नगरपालिकाले अनुुगमन गरेको हो ।
भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहको नेतृत्वको टोलीले एनएनएसडब्लुए, अल्पकालिन सेवा केन्द्र, साथी संस्थामा अनुगमन गरेको हो ।
सामाजिक संस्थाको सेवालाई थप प्रभावकारी बनाउन र सेवा सम्पादनको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी महिला विकास निरिक्षक कुन्ती लेखकले संस्था अवस्थाबारे जानकारी लिन र नियमनका अनुगमन गरिएको बताउनु भयो ।
नगरपालिकाको टोलीले एनएनएसडब्लुएद्धारा सञ्चालित अपाङ्गता पुर्नरस्थापना केन्द्रको अनुगमन गरेको हो । करिब ३० वर्ष अगाडी स्थापना भएको केन्द्रले सुदूरपश्चिम भरिमा हालसम्म करिब १३ हजार बढीलाई सेवा दिई सकेको संस्थाका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले बताउनुभयो । संस्थाले विभिन्न दातृ निकायको सहयोगमा अपाङ्गता पुर्नरस्थापनासँगसँगै अन्य सामाजिक कार्य पनि गदैँ आएको उहाँको भनाई छ ।
अनुगमनका क्रममा संस्थाले प्रभावकारी रुपमा सेवा दिईरहेको पाईएको छ । त्यस्तै नगरपालिकाको टोली प्रभावित महिला तथा बालबालिका अल्पकालिन केन्द्र र साथी संस्थामा पनि अनुगमन गरेको छ । अल्पकालिन सेवा केन्द्रलाई नगरपालिका केन्द्र सञ्चालन खर्च सहयोग गरिरहेको छ ।
भीमदत्त नगरपालिकी उप–प्रमुख सुशिला चन्द सिंहले सामाजिक संघ सस्थाहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनुगमन गरिएको बताउनु भयो । अनुगमनले सामाजिक संस्थाहरुका गतिविधिलाई पारदर्शी र मितव्ययी बनाउनुका साथै थप प्रभावकारी हुने उहाँको भनाई छ ।
साथै नगरपालिकाले सबै क्षेत्रमा बेला–बेलामा अनुगमन गर्नु योजना बनाएको उहाँले बताउनु भयो । नगरपालिकाले सामाजिक संघ संस्थाहरु आवश्यक सहयोग गर्ने समेत गर्ने गरेको छ ।