महेन्द्रनगर, १६ पुस
भीमदत्त नगरपालिको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तयार गरेको लोगो सार्वजनिक गरिएको छ ।
नगर प्रमुख सुरेन्द्र बिष्ट, प्रतिनिधि सभाका सांसद दिपकप्रकास भट्ट, प्रदेश सभा सदस्य महेशदत्त जोशी, मान बहादुर सुनार लगायतले भ्रमण वर्षका लागि तयार गरेको लोगो सावर्जनिक गर्नु भएको हो ।
देव भूमि भीमदत्त लेखिएको लागो सार्वजनिक गरिएको छ । सोही क्रममा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिईएका पर्चा पम्पलेट समेत कार्यक्रमका सहभागीहरुलाई वितरण गरिएको थियो ।