महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी नेतृत्वको टोलीले वडा नम्बर ७,८ र ९ का विभिन्न बजारमा छड्के अनुगमन गरको छ ।
वडा नम्बर ७ को हल्दुखाल, ८ को तिलाचौर ,९ बह्मदेव लगाएतका बजारमा सरकारले प्रतिबन्ध लगाएको भारतिय कुखुरा र मासु तथा अण्डाको अबैद्य आयात गरि विक्रिवितरण गर्ने गरिएको खबर प्राप्त भएपछि अनुगमन गरिएको नगर उपप्रमुख जोशी बताउनुभयो ।
‘भारतिय सीमासंग जोडिएको बह्मदेव लगाएत हल्दुखाल, तिलाचौर क्षेत्रका पसलमा सरकारले प्रतिवन्ध लगाएको भारतिय कुखुरा,मासु तथा अण्डा विक्रिवितरण गर्ने गरेको खबर पाएपछि आज हामीले ती क्षेत्रका केही पसलमा छड्के अनुगमन गरेका छौ ।’ उहाँले भन्नुभयो ‘आज पहिलो चरणको अनुगमनका क्रममा व्यपारीहरुलाई भारतिय कुखुरा,मासु, अण्डा विक्रिवितरण नगर्न अनुरोध निर्देशन दिएका छौ ।’
उहाँ अगाडी भन्नुभयो ‘हामी केही दिनमा पुनः अनुगमन गर्छौ र त्यसबेला पनि भारतिय कुखुरा,मासु,अण्डा विक्रि वितरण गरेको पाइएमा सामान नष्ट लगाएत कानुनी कारवाही गर्छौ ।’ यस्तै सशस्त्र प्रहरी सीमा सुरक्षा बल बह्मदेवका प्रमुख संग सो विषयमा छलफल तथा नाकामा कडाइ गर्न समेत आग्रह गरिएको उहाँले बताउनुभयो ।