-
कोरोना संक्रमितको संख्या थपिन थालेपछी पछिल्लो समय भारत-नेपालमा नया छिटो सर्ने, खतरनाक खालको कोरोना प्रजाती देखिन थालेको छ। दिनहु सयौको संख्यामा मानिसको आवतजावत हुने गड्डाचौकि नाकामा रहेको हेल्थ डेस्कलाई थप व्यवस्थित बनाउन, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट को नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरुले अवलोकन, अनुगमन, निरीक्षण गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिका स्वास्थ शाखा लाई स्वास्थ्य परिक्षणलाई प्रभावकारी, व्यवस्थित बनाउन आवश्यक निर्देशन दिनुभएको छ।
भारतबाट आउनेलाई विशेष निगरानी राख्दै, चेक-जाँच गर्न, आवश्यक जनशक्ति र स्वास्थ उपकरणहरुको व्यवस्थापन गर्नुुका साथै कुनै त्यस्तो समस्या देखिएको बिरामिलाइ सुरक्षित क्वारेन्टाइन, आइसोलेसन सम्म पुगाउने व्यवस्था मिलाउन जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य शाखालाई निर्देशन गर्नुभएको छ।