• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुखद्धारा भीमदत्त–११ को वडा भवन कार्यालय उद्धघाटन

Byभीमदत्त अनलाइन

१२ चैत्र २०७८, शनिबार २१:४९ १२ चैत्र २०७८, शनिबार २१:४९ १२ चैत्र २०७८, शनिबार २१:४९

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ को वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । शनिबार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित भवनको उद्धघाटन गर्नु भएको हो ।

वडाध्यक्ष प्रेम प्रकाश जैसीको अध्यक्षतामा आयोजित एक समारोहकाबिच भवनको उद्धघाटन गरिएको हो । भवनको उद्धघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले वडाको सेवालाई प्रभावकारी बनाउन भवन निर्माण गरिएको बताउनु भयो ।


उहाँले नगरपालिका सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिएको बताउनु हुदैँ ‘स्थानीय सरकारको नेतृत्वपछि हामीले पहिलो निर्णय वडास्तरबाट जनतालाई सेवा दिने गरेका थियौँ ।, बहालका घरमा कार्यालय सञ्चालन गरेका थियौँ, अहिले सबै वडामा आफ्नै भवन निर्माण भएका छन् ।’ उहाँले भन्नुभयो ‘नगरपालिकाले सहकार्य र साझेदारीको भावनाका साथ विकास निर्माण कार्यलाई प्राथमिकताका दिएर काम गरिरहेको छ ।’

भीमदत्तमा १६ वडा कार्यालय भवन निर्माण गरि सञ्चालन आएका छन् भने तीन वडा कार्यालय निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।


त्यस्तै वडाध्यक्ष जैसीले स्थानीय सरकारको नेतृत्व वडामा धेरै विकास निर्माणका काम भएको बताउनु भयो । त्यस्तै शनिबार नै सोही वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनको पनि उद्धघाटन गरिएको छ । कार्यक्रम विभिन्न राजनीति दलका प्रतिनिधि स्थानीय, कर्मचारीको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *