• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुख विष्टद्वारा नगर प्रहरीलाई थप उत्तरदायी र परिणाममुखी बन्न निर्देशन

Byभीमदत्त अनलाइन

१६ जेष्ठ २०७८, आईतवार २१:०४ १६ जेष्ठ २०७८, आईतवार २१:०४ १६ जेष्ठ २०७८, आईतवार २१:०४

महेन्द्रनगर १६ जेठ । भीमदत्त नगरपालिकाका नगर प्रहरीलाई थप उत्तरदायी र परिणाममुखी बन्न निर्देशन दिईएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले एक कार्यक्रमकाबिच निर्देशन दिनु भएको हो ।


उहाँले नयाँ भरियन्टसहितको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका सन्दर्भमा नगर प्रहरीले निर्वाह गरिरहेको भूमिका सम्बन्धमा नगर प्रहरीहरुलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

नगर प्रहरीलाई आगामी दिनमा थप चुस्त, दुरुस्त,उत्तरदायी, नतीजामूखि र अनुशासित बन्न निर्देशित गर्नु हुदैँ नगर प्रमुख विष्टले नगर प्रहरीको रिपोर्टिङ्ग प्रणाली लगायत केही व्यवस्थापकीय पक्षलाई सुधार गर्दै लगिने बताउनु भयो ।


कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाल सरकारले जारी गरेको निषेधाज्ञा पालना गराउन नगर प्रहरीलाई नेपाल सरकारका सुरक्षा निकायका सुरक्षाकर्मीसँग समन्वय र सहकार्य गर्दै थप सशक्त रुपले जिम्मेवारी बहन गर्नु समेत उहाँले ध्यानार्कषण गर्नु भयो ।

सोही कार्यक्रमको अवसरमा नगर प्रहरी संगठनको संरक्षक समेत रहनु भएका नगर प्रमुख विष्टले सचिवालयमा कार्यरत कर्मचारी दिनेश राज भट्टलाई मिति २०७८।०२।१३ देखि नगर प्रहरी व्यवस्थापन उपशाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको जानकारी गराउनु भयो ।


नगर प्रहरी व्यवस्थापन उपशाखा प्रमुख भट्टले नगर प्रहरीको राम्रो तरिकाले जिम्मेवारी निर्वाह गरिरहेको बताउनु भयो । साथै उहाँले नगर प्रहरीले सुशासन कायम गर्न देखि नगरपालिकाका दैनिक कार्य संचालनमा जिम्मेवारी पुर्वक परिचालन गरिनु पर्ने बताउनुभयो । समृद्ध नगर बनाउन नगर प्रहरीको पनि महत्वपुर्ण भुमिका रहने उहाँको भनाईछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *