महेन्द्रनगर १२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सुरेन्द्र विष्टले निर्माण हुन लागेको वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको हो । नगरपालिकाले वडा कार्यालय निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाउदैँ आएको छ ।
चार कोठ रहेको दुई तले भवन २०७९ असोज ८ गतेसम्ममा निर्माण गरि सक्ने लक्ष्य लिईएको छ । कार्यालय भवन निर्माणका लागि मित्र महरा जेभीसँग एक करोड ७२ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको छ । कार्यालय भवन शिलान्यास गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले पुर्वाधार निर्माणमा जोड दिएको बताउनु भयो ।
सेवाग्राहीलाई सहज रुपमा सेवा दिन आफ्नै वडा कार्यालय निर्माण गरिरहेको बताउनु भयो । नगरपालिकाले स्थानीय तहको सरकारपछि अधिकांस वडा कार्यालय भवन निर्माण गरि सेवा दिईरहेको छ ।