महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । शनिबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित भवनको उद्धघाटन गरे ।
नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यता र वडाध्यक्ष राजेन्द्र पाण्डेयको अध्यक्षता गरिएको कार्यक्रमबिच भवनको उद्धघाटन गरिएको हो । भवन निर्माण भएपछि स्वास्थ्य सेवा दिन सहज भएको छ । भीमदत्त नगरपालिकाले आम नगरवासिलाई सहज रुपमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छ ।
सेवालाई सहज रुपमा प्रवाह गर्न पुर्वाधार निर्माण जोड दिईएको नगर प्रमुख विष्टले बताउनु भयो । भवनको उद्धघाटन गदैँ उहाँले आधारभुत स्वास्थ्य सेवालाई सहज रुपमा वडामै उपलब्ध गराउन पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनमा जोड दिईएको बताउनु भयो ।
साथै उहाँले गुणस्तरिय स्वास्थ्य सेवालाई सहज रुपमा प्रदान गर्न आवश्यक निर्देशन समेत दिए । ‘स्वास्थ्य सेवा जनस्वास्थ्यसँग जोडिएको संवेदशिल विषयको हो ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘स्थानीय सरकारको नेतृत्वपछि नगरपालिकाले सबै क्षेत्रमा आधारभुत स्वास्थ्य सेवालाई विस्तार र व्यवस्थीत बनाउदैँ लगेको छ ।’