• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुख विष्टद्धारा भीमदत्त–३ को वडा कार्यायल भवन शिलान्यास

Byभीमदत्त अनलाइन

२९ मंसिर २०७८, बुधबार १५:१७ २९ मंसिर २०७८, बुधबार १५:१७ २९ मंसिर २०७८, बुधबार १५:१७

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नरगरपालिका–३ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।  एम.डी. ग्रुपले निर्माणका लागि ठेक्का पाएको उक्त वडा कार्यालय भवन निर्माण आठ महिना भित्रमा सक्ने लक्ष्य लिईएको छ ।

वडा कार्यालय भवनको शिलान्यास गदैँ नगर प्रमुख विष्टले समयमै गुणस्तरिय काम गर्न निर्देशन दिनु भएको छ ।
उहाँले नगरपालिकाले पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो । नगरपालिकाले आफ्नै भवनमार्फत प्रभावकारी रुपमा सेवा सम्पादन गरिरहेको उहाँले बताउनु भयो ।

नगरपालिकाले हालसम्म ७ वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा सुरु गरेको छ भने सात वडा कार्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले बहुउद्देश्यीय सामुदायिक भवनको रुपमा वडा कार्यालय निर्माण गरिरहेको नगर प्रमुख विष्टको भनाई छ । नगर प्रमुख विष्टले सोमबार वडा नम्बर १० र मंगलबार वडा नम्बर १४ को कार्यालय भवन शिलान्यास गर्नुभएको थियो ।

वडा नम्बर नौ बाहेक अन्य वडामा पनि वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनु भयो । उहाँले वडा कार्यालयको निर्माण कार्य तिव्र रुपमा भईरहेकाले चाडै नै सबै वडाले आफ्नै कार्यालय भवनमार्फत सेवा सुचारु गर्ने बताउनु भयो ।

त्यस्तै नगरपालिकाले कार्यालयको मुख्य प्रशासनीक भवन निर्माण कार्य पनि तिव्रताका साथ भईरहेको जनाएको छ । नगरपालिकाले पालिका सेवालाई सहज बनाउन भौतिक पुर्वाधार निर्माण जोड दिएको छ । वडाध्यक्ष राम बहादुर जप्रेलले जग्गा प्राप्तीमा ढिलाई भएकाले कार्यालय भवन निर्माण ढिलो भएको र  अब चाडै नै वडा कार्यालय भवन निर्माण हुने बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *