महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ को आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन गरिएको छ । बिहिबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो ।
भवनका उद्धघाटन गदैँ नगर प्रमुख सुुरेन्द्र विष्टले नगर पालिकाले जन स्वास्थ्यलाई विशेष ध्यानमा राखेर आवश्यक पुर्वाधार निर्माणमा जोड दिएको बताउनु भयो ।
नगरपालिकाले सबै वडाबाट आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नगरपालिकाले सम्रग नगरको विकास र समृद्धी का लागि काम गरिहरेको समेत स्पष्ट पार्नुभयो ।