भीमदत्त ०७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ को नवनिर्मित वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट नवनिर्मित कार्यालय भवनको उद्धघाटन गर्नु भएको हो । भीमदत्त नगरपालिकाको ४४ औँ वर्ष प्रवेश तथा तेस्रो स्थापना दिवसको अवसरका वडा कार्यालय भवनको उद्धघाटन गरिएको हो ।
वडा कार्यालय भवनको उद्धघाटन गर्दै नगर प्रमुख विष्टले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना सफल भएको बताउनु भयो । शुक्रबार नै उहाँले भीमदत्त–९ को वडा कार्यालय भवनको शिलान्यास पनि गर्नु भएको थियो । सो भवन शिलान्याससँगै नगरपालिकाको सबै वडामा कार्यालय भवन निर्माको काम अघि बढेको छ ।
हालसम्म नौ वटा वडा कार्यालय भवन निर्माण भई सञ्चालनमा आईसकेका छन् भने पाँच वटा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेका र अन्यको पनि निर्माण कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।
वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा बोल्दैँ नगर प्रमुख विष्टले नगरपालिकाले २५ वर्षे गुरुयोजनाका साथ काम गरिरहेको बताउनु भयो । ‘स्थानीय तहको सरकार आईसकेपछि सुरुवातमा भाडाको घरबाट वडा कार्यालयको सेवा सुरु गरेका थियौँ ।’ उहाँले भन्नुभयो । ‘बहुउपयोगसहित सबै वडामा आफ्नै पुर्वाधार निर्माण बढाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौँ, सबै वडाको कार्यालय भवव निर्माण अघि बढेको छ, कतिपय सम्पन्न समेत भएर सेवा प्रवाह सुरु गरिसकेका छन् ।’
उहाँले कार्यालय भवन निर्माणले सेवा प्रवाहमा नगरवासिलाई सहज हुने बताउनु भयो । साथै कोरोना भाईरसको संक्रमण फेरी सुरु भएकाले सबैलाई सचेत रहन आग्रह गदैँ नगरपालिकाले त्यसको नियन्त्रणका लागि गड्डाचौकी नाकादेखि महाकाली अस्पतालको सेवा व्यवस्थापनमा सहयोग गदैँ आईरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहले पनि नगरपालिकाको विकास निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताईन् । उहाँले सिंह दरबारको सेवा गाँउ–गाँउमा भन्ने नारालाई सार्थकता दिन आफ्नै वडा कार्यालय भवन निर्माण कार्यलाई नगरपालिको तिव्रताका साथ काम गरेको बताउनु भयो । साथै विकास सबैको साझा मुद्धा भएकोले त्यसमा आग्रह–पुर्वाग्रह नराखि जन पक्षीय भावनाका साथ काम गर्नुपर्ने उहाँको भनाई छ ।
नगरपालिकाले वडा कार्यालय भवनलाई सामुदायिक भवनको रुपमा प्रयोग गर्न सकिने गरि निर्माण गरिरहेको वडाध्यक्ष लाल बहादुर शाहीले बताउनु भयो । उहाँले भवन निर्माणपछि जनतालाई सेवा दिन सहज हुने बताउनु भयो । साथै उहाँले स्थानीय सरकार आईसकेपछि नगर नेतृत्वबाट सम्रग भीमदत्तको विकास निर्माण कार्य तिव्रताका साथ अघि बढेको बताए ।
वडा नम्बर १३ को कार्यालय भवन वाईआर कन्सष्ट्रसन प्रालीले एक करोड ७० लाख ५६ हजार लागत सम्झौता अनुसार निर्माण गरेको हो ।