• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुख विष्टद्धारा स्वास्थ्य केन्द्रको भवन उद्धघाटन, स्थानीयले गरे फूलमालासहित सम्मान

Byभीमदत्त अनलाइन

२३ चैत्र २०७८, बुधबार १९:५४ २३ चैत्र २०७८, बुधबार १९:५४ २३ चैत्र २०७८, बुधबार १९:५४

भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ को आधारभुत स्वस्थ्य केन्द्रको भवन उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवनको उद्धघाटन गर्नुभएको हो ।

भवनका उद्धघाटन गदैँ नगर प्रमुख सुुरेन्द्र विष्टले नगर पालिकाले स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यानमा राखेर आवश्यक पुर्वाधार निर्माणमा जोड दिएको बताउनु भयो ।

नगरपालिकाले सबै वडाबाट आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नगरपालिकाले सम्रग नगरको विकास र समृद्धी का लागि काम गरिहरेको समेत स्पष्ट पार्नुभयो ।

नगरपालिकाले सबै वडाबाट आधारभुत स्वास्थ्य केन्द्र र तीन वडाबाट प्रसुती सेवा दिईरहेको छ । नव निर्मित भवनबाट सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गरिने उहाँको भनाई छ । उद्धघाटन कार्यक्रम नगर प्रमुखलाई स्थानीयले फूलमालासहित सम्मान गर्नुभएको थियो ।

दुर्गम क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा सञ्चालनका लागि भवन निर्माण गरिदिएपछि स्थानीयले नगर प्रमुखलाई सम्मान गर्नु भएको हो ।

त्यस्तै वडाध्यक्ष लाल बहादुर शाहीले चाडैँ उक्त भवनबाट वडावासीलाई स्वास्थ्य सेवा दिईने बताउनु भयो । उहाँले नगर प्रमुख विष्टको नेतृत्वमा थुप्रै विकास निर्माण कार्य भएको बताउँदै त्यसका लागि धन्यवाद समेत दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *