• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नगर प्रमुख विष्टद्धारा सरस्वती माविको विद्यालय भवन शिलान्यास

Byभीमदत्त अनलाइन

६ फाल्गुन २०७८, शुक्रबार १९:१६ ६ फाल्गुन २०७८, शुक्रबार १९:१६ ६ फाल्गुन २०७८, शुक्रबार १९:१६

भीमदत्त ५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित सरस्वती माविको विद्यायल भवन शिलान्यास गरिएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टले विद्यालयको दुई कोठे भवन शिलान्यास गर्नु भएको हो ।
विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउनका लागि भवन निर्माण गरिन लागिएको वडाध्यक्ष डम्बर कार्कीले बताउनु भयो । स्थानीय सरकारको नेतृत्वपछि विद्यालयको सुधारका लागि नीतिगत र पुर्वाधार निर्माण तिव्र रुपमा भएको उहाँले बताउनु भयो ।


त्यस्तै विद्यालयको १६ छात्रालाई साईकल हस्तान्तरण तथा विद्यायल भवन शिलान्यास कार्यक्रममा बोल्दँै नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले सम्रग शैक्षिक सुधारका लागि नगरपालिकाले उच्च स्तरिय शैक्षिक सुधार कार्यदल गठन गरि कार्यदलले दिएको सुझाव अनुसार पालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले शैक्षीक क्षेत्र सुधारका लागि नगरपालिकाले विद्यालयमा आवश्यक पुर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताउनु भयो ।

जीवन उपयोगी शिक्षाको महत्व बढ्दैँ गईरहेको समयमा नगरपालिकाले प्राविधिक शिक्षामा पनि जोड उहाँको भनाई छ । भीमदत्त नगरपालिकाले लामो समयदेखि प्राविधिक शिक्षा रहेको निजिकरणलाई तोड्दैँ महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकृषण बढाउन विविध कार्यक्रम रहेको बताउँदै सोही अन्र्तगत साईकल वितरण र भवन निर्माण कार्य अघि बढाइएको नगर प्रमुख विष्टले उल्लेख गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *