• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

निजि विद्यालयहरुको स्थलगत अनुगमन

Byभीमदत्त अनलाइन

१ जेष्ठ २०८१, मंगलवार २२:२८ १ जेष्ठ २०८१, मंगलवार २२:२८ १ जेष्ठ २०८१, मंगलवार २२:२८

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजि विद्यालयहरुको स्थलगत अनुगमन थालेको छ । निजि विद्यालयहरुले शैक्षिक शुल्क वृद्धि गरेको गुनासो आएपछि नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ ।

निजि विद्यालयहरुले चालु शैक्षिक सत्रमा शुल्क वृद्धि गरेको गुनासो आएपछि नगरपालिकाले अनुगमन गर्न लागेको नगरप्रमुख बोगटीले बताउनुभयो। ‘निजि विद्यालयहरुले यो शैक्षिक सत्रमा शुल्क वृद्धि गरेको गुनासो आएपछि सर्वपक्षिय बैठकबाट वृद्धि गरेको शुल्क घटाएर गत वर्ष ९२०८० सालकै० शुल्क लिने सहमती भइसकेको छ ।’

उहाँले भन्नुभयो ‘हाल नगरपालिकाले शुल्क वृद्धि लगाएत विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना, विद्यार्थी संख्या, शिक्षक, शिक्षिकाको संख्या तथा विद्यालयको समग्र अवस्थाको अनुगमन गरिरहेको छ ।’

निजि विद्यालयहरुको ग्रेडिङ गर्ने र सोही अनुसार शुल्क निर्धारण गर्ने गरी कार्य भइरहेको भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् भीमदत्त नगरापलिका–४ का वडाध्यक्ष्य सुशिल कुमार भट्टले बताउनुभयो ।

महङगी, शिक्षकको सेवा सुविधा, गुणस्तरीय शिक्षा, शिक्षकको तलव वृद्धि लगाएतका कारण गत वर्षको शुल्कमा ५ देखी १० प्रतिशत मात्र शुल्क बढाएको थियौँ, अब सर्वपक्षिय बैठकको निर्णयअनुसार शुल्क निर्धारण गर्ने विद्यालय संञ्चालकहरुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *