• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

निर्देशक तथा समन्वय समितिको आकस्मिक बैठकः जिम्मेवारी बाँडफाटसँगै गरिए यि निणर्य

Byभीमदत्त अनलाइन

२० बैशाख २०७८, सोमबार ०९:२७ २० बैशाख २०७८, सोमबार ०९:२७ २० बैशाख २०७८, सोमबार ०९:२७

महेनद्रनगर २० बैशाख ।
भीमदत्त नगरपालिका कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठीत कोभिड –१९ निर्देशक तथा समन्वय समितिको आकस्मिक बैठक आईतबार सम्पन्न भएको छ ।

 

समितिका संयोजक एवम् नगर प्रमूख सुरन्द्र विष्टको अध्यक्षमा नगरपालिकामा बसेको बैठकले कोरोना भाईरसको रोकथामका लागि महत्वपुर्ण निर्णय गरेको छ भने विभिन्न जिम्मेवारी समेत बाँडफाट गरेको छ ।

नगर प्रमुख विष्टले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सबै सरोकारवाला निकायलाई परिचालन गरिएको बताउनु भयो । उहाँका अनुसार सबैलाई आ आफ्नो जिम्मेवारी तोकिएको र काम तत्काल सुरु गर्न निर्देशन दिईएको छ । बैठकले सीमा होल्डीङ सेन्टर निर्माण, अक्सीजन प्लान्ट स्थापना तथा व्यवस्थापन, स्वास्थ्य सामाग्रीको आपुर्ती लगायतका निणर्यसँगै जिम्मेवारी तोकिएको छ ।

बैठकले गरेका निणर्यहरु

१) घरमै उपचारत बिरामीलाई डाक्टरको सिफारिसमा ग्यास डिपोबाट अक्सिजन खरिद गर्न पाईने ।
२) २४ घण्टा एम्बुलेन्स तैनाथ गराउन जिल्ला प्रशासनलाई सिफारिस
३) कोभिडबाट मृत्यु भएकाहरु सदगत गर्न दाउराको आपूर्ति डिबिजन बन कार्यालयले उपलब्ध गराउने ।
४) महाकाली अस्पतालमा ठूलो अक्सि प्लान्ट जडान गर्ने प्राबिधिक इस्टिमेट गरि तत्काल जडान कार्य शुरु गर्ने ।
५) खुला मन्चमा भिड ब्यवस्थापन सहित तरकारी बजार ब्यवस्थापन गर्ने ।
६) मापदण्ड भित्र रहेर सबै राजनीतिकदल लाई कोभिड नियन्त्रण गर्न जन सङ्गठन÷ समिती परिचालन गर्न आग्रह गर्ने ।
७) नाकामा तत्काल अस्थायी होल्डिङ्ग सेन्टर निर्माण गर्ने, प्रदेश बजेट सुनिश्चित भए लगत्तै स्थायीरुपमा निर्माण गर्ने ।
८) नागरिक आचार संहिता अपिल जारी गर्ने ।
९) माथी उल्लेखित निर्णयहरु कार्यान्वयनार्थ तपसिल को जिम्मेवारी समेत बाँडफाड गरियो ।


साथै नगपालिकाले महामारीको व्यवस्थापनका लागि विभिन्न सरोकारवाला निकायलाई जिम्मेवारी दिईएको छ ।
१) होल्डिङ सेन्टर निर्माण कार्य
-प्रतीक सिह कार्की– सेनानी
-भव राज रेग्मी
२) अक्सिजन सिलिन्डर आपुर्ती ब्यवस्थापन
-कृस्ण दत्त जोशी – अध्यक्ष महाकाली अस्पताल
-लक्ष्मण तिवारी
-प्रभुनिधी पन्त – ल्ल्क्ध्ब्
-केशब राज भट्ट –ट्राफिक प्रहरी प्रमुख
-अमर बहादुर माझी – वडा प्रहरी प्रमुख
३) स्वस्थ्य सामग्री ब्यवस्थापन
-शिव राज सुनार
-पन्कज रावल
-नरेन्द्र राज जोशी
४) सचिवालय तथा प्रकाशन
-उत्तम बिस्ट
-नरेश सिलाल
५) तर्कारी बजार ब्यवस्थापन
-विशाल सोनार
६) बजार अनुगमन
-वडा प्रहरी कार्यालय
-भिनपा प्रतिनिधि
-नागरिक समाज प्रतिनिधि
-बाणिज्य संघ प्रतिनिधि
७) फोकल पर्सन
– पन्कज रावल
८) अक्सिजन प्लान्ट निर्माणार्थ
-प्रा डा भवानी चन्द ठकुरि
-डा अर्जुन भट्ट
-हरेन्द्र चटौत
९ दाउरा ब्यवस्थापन
-शिव राज अवस्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *