• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

निशेधाज्ञा कार्यान्वयमा सघाउँदै नगर प्रहरी(फोटो फिचरसहित)

Byभीमदत्त अनलाइन

१६ जेष्ठ २०७८, आईतवार १०:३७ १६ जेष्ठ २०७८, आईतवार १०:३७ १६ जेष्ठ २०७८, आईतवार १०:३७

 

महेन्द्रनगर १६ जेठ ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञालाई कडाईका साथ कार्यान्वय गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाईएको छ ।

कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा भने भीमदत्त नगरपालिकाका नगर प्रहरीले निशेधाज्ञा कडाई गर्नमा साथ दिएको छन् ।

नगर प्रहरीका सहायक निरिक्षक(असई) सुरेन्द्र बोहराले नगरवासीलाई लकडाउन पालन गर्न नगर प्रहरी पनि खटिएको बताउनु भयो । उहाँका अनुसार महेन्द्रनगरको बसपार्क, मदन चोक, स्मारक चोक र फ्रि लाईनमा नगर प्रहरीलाई खटाईएको छ ।

नगर प्रहरीलाई नेपाल प्रहरीसँगै निशेधाज्ञा कडाईका साथ लागु गर्न खटाईएको छ । नगर प्रहरीले निशेधाज्ञा कडाईका समथ लागु गर्न राहत मिलेको छ ।

स्थानीय तहको सरकार बनेपछि नगरपालिकाले नगर प्रहरी थप गरि व्यवस्थीत रुपमा परिचालन गरेको हो । नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमण नियन्त्रणका लागि सुरक्षा निकायसँगको समन्वयमा नगर प्रहरीलाई खटाईएको बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *