• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नेपाल भ्रमण वर्ष सफल बनाउन जुट्यो भीमदत्त

Byभीमदत्त अनलाइन

३२ श्रावण २०७६, शनिबार १४:४७ ३२ श्रावण २०७६, शनिबार १४:४७ ३२ श्रावण २०७६, शनिबार १४:४७

महेन्द्रनगर, ३२ साउन
भीमदत्त नगरपालिकामा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको घोषणा अनुसार प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य तीव्र रुपमा अघि बढेका छन् ।

नगर प्रमुख विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउने घोषणा गर्नु भएको थियो । नगर प्रमुख विष्टको घोषणा अनुसार पर्यटकीय स्थलहरुको प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका कार्यक्रम र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका कार्य गरिएका हुन् ।

‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भीमदत्त नगरपालिका योजनाका साथ अघि बढेको छ, यो नगरमा पश्चिमी सीमा नाका पर्छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि विभिन्न पर्यटकीय स्थल यहाँ छन्’ नगर प्रमुख विष्टले भन्नु भयो,‘विदेशबाट आउने पर्यटकहरुलाई भीमदत्तमा स्वागत गर्न चाहन्छौं, नगरका पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई लैजान चाहन्छौ, त्यसैले भ्रमण वर्ष सफल बनाउन प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका विभिन्न कार्यक्रमहरु गरिरहेका छौ ।’
नगर प्रमुख विष्टले भीमदत्तको समृद्धिका लागि पर्यटन क्षेत्र प्रमुख आधार स्तम्भ भएकाले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताउनु भयो ।

नगरपालिकाका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन् । पश्चिमी नाकामा पर्यटकलाई हार्दिक स्वागत सहितको ठूलो प्रचार सामग्री राखिएको छ । यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिला लगायतका पर्यटकीय स्थलहरुमा प्रचार सामग्री राखिएका छन् । पर्यटकहरुलाई पर्यटकीय स्थलबारे सहज रुपमा जानकारी पाउन प्रचार सामग्री राखिएका हुन् । ती प्रचार सामग्रीमा पर्यटकीय स्थलको नाम, विशेषता लगायतका कुरा समेटिएका छन् ।

नेपाल भ्रमण वर्ष सफल बनाउन गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन गरिएको महोत्सवमा दुई हजार पर्यटकहरुले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका थिए । यो संख्या निकुञ्जमा इतिहासमा अहिलेसम्मकै ठूलो हो ।
बाह्रसिंगको झुण्डले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नगर प्रमुख विष्ट पर्यटनका क्षेत्रमा खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिने बताउनु हुन्छ । ‘शुक्लाफाँटा निकुञ्ज खुला विश्वविद्यालयको रुपमा विकास गर्न सकिन्छ, त्यहाँ बाह्रसिंगाको झुण्डको आकर्षण छ, जैविक विविधता छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरियो, त्यसले केही हदसम्म भए पनि पर्यटन विकास टेवा पुगेको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

निकुञ्जको प्रचार प्रसारका लागि भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठक समेत निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानमा बसेको थियो । भीमदत्त नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण कार्य सुरु गरिएको छ । यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन् ।

भीमदत्त नगरपालिका वडा नं. ९ मा पर्ने झिलमिला तालसम्म जान पक्की बाटो निर्माण गरिएको छ । पर्यटकहरुले ताराकोटसम्म गाडीमा त्यहाँबाट झण्डै एक किलोमिटर टाढा तालसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
ताराकोटमा पिकनिक स्पट बनाउने योजना छ । ब्रह्मदेबदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

भीमदत्त नगरपालिकाका उत्तरी क्षेत्रका धार्मिक पर्यटकीय स्थललाई एक आपशमा जोड्न धार्मिक पर्यटन मार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मेदबसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेबको सिद्धनाथ मन्दिरलाई एक आपशमा जोडिएका छन् ।

भीमदत्त नगरपालिका वडा नं. १ बाराकुण्डाका सबै १२ कुण्डलाई पुनःभरण गरी पर्यटकीय गन्तव्य बनाइएको छ ।
भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले एक करोड सहयोग गर्ने प्रतिवद्धता गरेको छ । नगर प्रमुख विष्टको प्रतिवद्धता अनुसार दुई किस्तामा सहयोग रकम प्रदान गरिने भएको छ ।
नेपाल पर्यटन बोर्डसंग सहकार्य गरी झोलुङ्गे पुल सौन्र्दयीकरणका लागि सौर्य बत्ती जडान गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १४ स्थित राना थारु होमस्टेमा संग्राहलय बनाउन सहयोग गरिएको छ ।

झोलुङ्गे पुल नजिक पार्क र उद्यान निर्माण कार्य अघि बढेको छ । झिलमिला तालको गुरु योजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ । चुरे क्षेत्रमा पर्ने कालिताल झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बाटो निर्माण गरिएको छ ।

नगर प्रमुख विष्टले शिवधाम क्षेत्रको विकासका लागि समितिसंग छलफल गर्नु भएको छ । शिवधाम क्षेत्रको गुरु योजना बनाएर धार्मिक पर्यटकीय स्थल बनाउनु पर्ने नगर प्रमुख विष्टको जोड छ । ब्रह्मदेबको खल्लास्थित ५२ ढोकालाई संरक्षणका लागि तारबार गरिएको छ । मुसेट्टी नजिक महाकाली नदीको मौन दृष्यलाई प्रचार प्रसार गरिएको छ ।

महाकाली नदीको बहुउपयोग सिद्धान्त अनुसार पहिलो पटक महाकालीमा साहसिक जलयात्रा (¥याफ्टिङ्ग) गरिएको छ । भीमदत्तमा खेल पर्यटन प्रवद्र्धनका लागि धार्मिक पर्यटीय मार्गमा म्याराथन आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *