• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

पर्यटकीय गन्तव्य – “शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज”

Byadmin

९ श्रावण २०७६, बिहीबार १४:५० ९ श्रावण २०७६, बिहीबार १४:५० ९ श्रावण २०७६, बिहीबार १४:५०

कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भई २०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको हो । २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।

शुक्लाफाँटा १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ । यस निकुञ्ज विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइने स्थानको रुपमा समेत चिनिने गरेको छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिको लागि प्रसिद्ध छ ।
सूदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो घासेमैदानमा देखिने विश्वकै सबैभन्दा ठुलो बाहसिंगाको झुण्डले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरू मध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने क्षेत्र र क्षेत्रफलका हिसाबले सानो भएता पनि दुर्लभ वन्यजन्तु तथा पक्षी बढी पाइने, नेपालको तराईका संरक्षित क्षेत्रहरू मध्ये सबैभन्दा बढी खरमयुर र कृष्णसारको पुनस्र्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विषेशता हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०१८ को गणनाअनुसार १६ वटा बाघ रहेका छन् । निकुञ्जमा मौसमी हात्तीहरू ४०-५० को झुण्ड आउने गरेको र ४ वटा रैथाने हात्ती रहेका छ । २०१७ को गणना अनुसार १७ वटा गैंडा रहेको निकुञ्जमा २०१४ को गणना अनुसार २३०१ वटा बाह्रसिंगा रहेका छन् भने ७४ वटा कृष्णसार रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् । भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, २०१३ को गणना अनुसार ८०-९० वटा निलगाई र ४ सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि शुक्लाफाँटामा रहेका छन् ।

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजातीहरू रहेका छन् । जसमा पाटेबाघ, एकसिंघे गैडा, हात्ती बाह्रसिंगा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *