• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न संघ सरकारलाई आग्रह

Byभीमदत्त अनलाइन

८ चैत्र २०७६, शनिबार १६:५४ ८ चैत्र २०७६, शनिबार १६:५४ ८ चैत्र २०७६, शनिबार १६:५४

महेन्द्रनगर, ८ चैत
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई मध्यनजर गरी पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ सरकारसित अनुरोध गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको ४४ औं कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा भीमदत्त नगरपालिका अन्र्तगत सबै अत्यावश्यक सेवा उपलब्ध गराउने बाहेक सबै कार्यालय बन्द गर्ने निर्णय समेत गरिएको छ । यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वमय् सेवक परिचालन, कोरोना विरुद्ध खटिएका स्वास्थ्यमकर्मीलाई इन्सेन्टिभ दिने, ५० शैय्याको प्रि फाइभ आइसोलेसन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । भीमदत्त नगरपालिकाले कोरोना संक्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउन र अत्यावश्यक काम बाहेक अरु समयमा घर बाहिर ननिस्कनु सबै नगर वासिन्दालाई आग्रह गरेको छ । 

भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएको कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिनु भयो ।
‘कारोनाको संक्रमण जोखिम बढ्दै गएको छ, नाकामा आउनेका भीड थामि नसक्नु छ, यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना छ’ नगर प्रवक्ता चन्दले भन्नु भयो,‘ त्यस कारण कार्यपालिका बैठकले नाका बन्दका लागि संघ सरकारसित अनुरोध गर्ने निर्णय गरेको हो ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा कोराना रोकथामका लागि हालसम्म गरिएका प्रयास, समस्या र चुनौती सम्बन्धित समेत छलफल गरिएको छ । भीमदत्तका नगर प्रमुख विष्टले कोरोना संक्रमणको जोखिम रोकथाम र पूर्व तयारीका लागि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयले शनिबार विहानदेखि पश्चिमी सीमा नाका गड्डाचौकी बाहेक अन्य सबै नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो । भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गड्डाचौकी नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । यसैगरी कोरोना विरामीका लागि आइसिएचको एक सय शैय्याको भवनलाई क्वारेन्टाइन बनाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *