• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

पिसिआर मेसिन सञ्चालन गर्न छलफल

Byभीमदत्त अनलाइन

१० भाद्र २०७७, बुधबार ११:१७ १० भाद्र २०७७, बुधबार ११:१७ १० भाद्र २०७७, बुधबार ११:१७

महेन्द्रनगर : भीमदत्त नगरपालिकाले पिसिआर मेसिन आएपछि सञ्चालनका लागि सरोकारवाला निकायसित छलफल गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका साँसद सहित मंगलबार नगरपालिका कार्यालयमा बैठक गरी मेसिन सञ्चालन सम्बन्धि छलफल गरिएको छ ।

छलफलमा सरोकारवाला निकायसित सहकार्य गरी महाकाली अस्पतालमा मेसिन सञ्चालनका लागि चाहिने बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

बैठकले अस्पतालको विरामी कुरुवा घरमा प्रयोगशाला स्थापना गरी मेसिन जडान गर्ने निर्णय गरिएको छ । बैठकले महाकाली अस्पताललाई प्रयोगशाला स्थापनाका लागि चाहिने उपकरण खरिद गर्ने जिम्मेवारी दिएको छ । त्यसका लागि अस्पतालको खरिद इकाईले चाहिने उपकरण खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

बैठकले मेसिन सञ्चालनका लागि चाहिने जनशक्ति व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित माग गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका समितिका संयोजक फैरु तामाङ्गलाई स्थानीय तथा प्रदेश सरकार सहित अन्य सरोकारवाला निकायसित समन्वय गर्ने जिम्मेवारी दिईएको छ । त्यसका लागि दुई दिनभित्र बैठक बस्ने निर्णय गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु लाल बहादुर खड्का, प्रकाश रावल, मान बहादुर सुनार, समन्वय समितिका संयोजक तामाङ्ग, प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, अस्पतालका निर्देशक डा. हरि कुमार श्रेष्ठ लगायतका सहभागी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *